राष्ट्रिय अपाङ्ग महासघ नेपालकोआयोजना र सि.बि.एम. नेपालको सम्योजनमा पाच दिने क्षमता बिकास तालिम सम्पन्न
  • प्रमुख खबर

“हामीलाई पनि समावेस गर” भन्ने मुलनाराका साथ सि.बि.एम. नेपालको सहयोग र राष्ट्रिय अपाङ्ग महासघ नेपाल गण्डकीको आयोजनामा गण्डकी प्रदेशका मनाङ बाहेक सबै दश जिल्लाका अपाङगता भएका ४३ जनाको सहभागिता रहेको ५ दिन क्षमता बिकास तालिम आज एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।


कार्यक्रममा बिभिन्न किसिमकाअपाङ्गता भएका ब्यक्तिहरूलाई एकै ठाउमा समाबेस गराई आफुमा भएको क्षमता सगै सरकारले दिएको हक अधिकार र सम्बिधानमा उल्लेख भएका अधिकारको बारेमा समेत तालिममा बुझ्नेगरि तालिममा सहजिकरण गराईएको थियो ।पाच दिन सम्म चलेको कार्यक्रमको आज समापन समाहरोमा प्रमुख अतिथि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब केदार शर्माले अपाङ्गता भएका ब्यक्तिहरूलाई यस्ता खालका तालिमले निकै ठुलो सहयोग हुने बताउदै सरकारले हिजो भन्दा आज र आज भनदा भोली अपाङ्गता भएका ब्यक्ति प्रति निकै राम्रा कामहरू अगाडि सारेको बताउदै तपाई आफुले अपाङ्गता भएका नागरिकको समस्या नजिकबाट बुझेको बताउनुभयो । अपाङ्गता भएका नागरिककाहरूका लागि आफ्नो मन्त्रालयको ढोका सधै सबैकालागि खुल्ला रहने बताउदै सिकेको यो तालिमलाई ब्यभारमा उतार्न सबै सहभागिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङग महासघ नेपालका केन्द्रिय अध्यक्ष नेत्रलाल शर्माले अपाङगता भएका हामीले के मिठो खान हुदैन र ठुला महलमा कार्यक्रम गर्न हुदैन र भन्दै आफ्नो समाजलाई प्रश्न गर्दै शर्माले हामी पनि सक्षम छौ हामीलाई पनि क्षमता अनुसारको ठाउ सरकारले दिनु पर्ने भन्दै सहभागि सबैलाई आफुले यो तालिममा सिकेको सिकाईलाई आ आफ्नो क्षेत्रमा पुगेर सबैलाई सचेतना गराउदै आफुले पनि ब्यभारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महसघको तर्फबाट के.पि. अधिकारी, रामनारायण श्रेष्ठ, एस हेल्पिङ हेण्डस्का अध्यक्ष दिनेश कुमार थापा तालिममा सहभागि को तर्फबाट देबराज पुरी, देबिजङ्ग गुरूङ, कौशिला भट्राई, सजना गुरूङ बोल्नु भएको कार्यक्रमको अध्यक्षता अपाङग महासघ नेपाल गण्डकी का अध्यक्ष खोमराज सुबेदीले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन केन्द्रका महा सचिब राजु बस्नेतले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्