स्वर्गिय दाहाल परिवारलाई वडा नं ५ को विशेष सहयोग
  • प्रमुख खबर

पोखरा महानगरपालिका वडा नं. ५ को माछापुच्छ्रे टोलस्तरमा उज्यालो वडा कार्यक्रममा विद्युतीय पोललमा बत्ती जोड्ने क्रममा कात्तिक ३ गते अकस्मात एक दुर्घटना भएको थियो । सो दुर्घटनामा परि अस्थायी रुपमा सोही टोलमा बस्दै आएका अन्नपूर्ण गाउँपालिका वडा नं. १ घर भएका ३१ वर्षे ज्ञानेन्द्र दाहालको मृत्यु भएको थियो ।

स्थानीयको सक्रियतामा सोही  टोलमा बिजुलीबत्ती जोड्ने सहृानीय काम हुने क्रममा उक्त अप्रिय घटना हुन पुगेको हो । घटना लगतै माछापुच्छ्रे टोल विकास संस्था र सोही वडाका जनप्रतिनिधिको अगुवाईमा मृतक दाहालका श्रीमति पार्वती दाहाल र निजका दुई बच्चाको संयुक्त नाममा खाता खोली सो खातामा विशेष राहत अभियान प्याकेज चलाउनले निर्णय भएको थियो ।

सोही निर्णय अनुरुप विशेष राहत अभियान प्याकेजबाट संकलन भएको रकम विवरण आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उक्त राहत अभियानमा विभिन्न स्थानीय सरकारी संस्था, आमा समुह, क्लब, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग प्राप्त भएको सो वडाका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन् । उनले उक्त अभियानबाट रु ७ लाख ८९ हजार ९ सय १७ रुपैँया सहयोग संकलन भएको विवरण पेश गर्नुका साथै सो रकम बराबरको चेक मृतकका भाइ दिनेश दाहाललाई हस्तान्तरण समेत गरेका छन् ।

त्यस्तै सो कार्यक्रममा उनले मृतक दाहालको पारिवारिक अवस्था अलि कमजोर भएकोले अझै पनि सकेको सहयोग गर्न चाहानेहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन् । अध्यक्ष नेपालीले उक्त कार्यक्रममार्फत मृतकका २ नाबालक छोराछोरीका लागि आफुहरुको वडा कार्यलय र टोल विकास संस्थाबाट प्रविणता प्रमाणपत्र तहसम्म पढाउने जिम्मेवारी लिने र स्व. दाहालका श्रीमतिलाई योग्यता अनुसारको रोजगारीको लागि पहल गर्ने पनि जानकारी गराएका छन् ।

यस्तै उनले सो अभियानबाट वास्तवमा विपद् पर्दा साथ दिने र दुःख पर्दा मानवीय हात फैलाउने असल परम्पराको शुरुवात भएको जानकारी दिँदै सो अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद पनि दिएका छन् । त्यस्तै उक्त कार्यक्रममा उनले बल्ब जडान कार्यमा परि अकस्मात दुर्घटनामा परि निधन भएका दाहालमा हार्दिक श्रदान्जली पनि व्यक्त गरेका छन् । सोही कार्यक्रममा  वडा सदस्य अन्जु के सि उज्ज्वल खत्री हरिमाय लगाएतले वडाले आवह्न गरेको राहत अभियानमा सहयोग गरेका सहयोग दाता लाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्