क्षत्री समाज नेपाल जिल्ला कार्य समिति कास्की पोखराले आज एक भब्य र सब्य कार्यक्रमका साथ बिभिन्न सङ्गसस्थामा नव निर्वाचित क्षत्री समुदायका क्षत्री दाजुभाइ तथा दिदि बैहिनीहरुलाइ आफ्नै समाजको भवनमा सम्मानतथा हार्दिक बधाई कार्यक्रम सम्पन्न गरको छ।
जिल्ला कार्यवाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारीको सभापतित्वमा र प्रमुख अतिथि क्षत्री समाज नेपाल केन्द्रिय सल्लाहकार प्रेम बहादुर जिसी र विशेष अतिथि क्षत्री समाज नेपाल गण्डकी प्रदेश सचिव लक्ष्मी अधिकारी रहनु भएको थियो,क्षत्री समाज नेपाल जिल्ला उपाध्यक्ष इन्द्रबहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा शुभकामना दिनेहरूमा जिल्लाको तर्फबाट कोषाध्यक्ष गणेश के शी सदस्यीय रेणु थापा र सम्मानित तर्फबाट सामुदायिक प्रहरी जिल्ला कास्कीका नव निर्वाचित अध्यक्ष बोधराज कार्की ,उध्योग बाणिज्य एसोसिएट तर्फबाट गोकर्ण कार्की ,लेखनाथ उद्योग बाणिज्य तर्फबाट जानुका अधिकारी क्षत्री लगायतले बोल्नु भएको थियो ।
समाजले हिजो गरेका महत्त्वपूर्ण गतिविधिले नै आज हरेक ठाउँमा समाज चिरपिरचित छ । समाजका माग र मुद्दाहरू अझै बिच बाटोमा नै भएको हुदाँ फेरि विभिन्न माध्यमबाट सरकारलाई ध्यानाकर्षण गर्नुपर्ने बेला अाएकाे छ । अहिले खस आर्य संग्रहालय बनिरहेको छ याे सम्पन्न गर्ने आर्थिककाे आवश्यकता भएको हुदाँ सबैले आ-आफ्नाे ठाउँ बाट सहयोग गर्ने हुन हार्दिक अनुरोध गर्दछु। गण्डकी प्रदेश समितिकाे बैठक अब कास्की जिल्लामा हुने र यस बैठकले कार्यक्रम ल्याउने यसमा सहयोग गर्ने हुन सबैमा अनुराेध छ ।
समाजलाई अझै उच्च स्थानमा पुर्याउनु पर्ने हामी सबैको दायित्व रहेको छ । राजनीति आफ्नाे आस्था हाे भने समाज आफ्नाे अस्तित्व हाे यसले राजनीतिलाई पछाडि राखेर समाजमा लाग्न हुन सबैलाई अग्रह गर्नुभयो । सम्मानित सबैलाई समाजको महत्त्व र दायित्व बुझ्न समेत आग्रह गर्नुभएको कुरा गण्डकी प्रदेश सचिव तथा विशेष अतिथि लक्ष्मी अधिकारी क्षत्रीको भनाइ रहेको छ ,भने क्षत्री समाजको बिगत देखि बर्तमान सम्म भए गरेका बारेमा प्रमुख अतिथि प्रेम बहादुर जिसी ले प्रकाश पार्नु भएको थियो, कार्यक्रम सन्चालन जिल्ला सचिव भरत थापाले गर्नु भएको थियो भनेे प्रचार प्रसार राजेन्द्र खत्रीले गर्नु भएको थियो ।