मेघा रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।
सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनौट नेपाल टेलिभिजनबाट आज भएको हो । देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन् ।