‘राजापानी कलेस्ती दिगो समाज’ ले थाल्यो एम्बुलेन्स खरिद अभियान
  • प्रमुख खबर

तनहुँ

व्यास–९ गजौडेमा एम्बुलेन्स खरिदका लागि ‘राजापानी कलेस्ती दिगो समाज’ ले सक्रियता देखाएको छ ।

एम्बुलेन्स खरिद अभियान सञ्चालनका लागि काठमाडौंमा भक्तबहादुर गोदारको अध्यक्षतामा बृहत् भेला समेत गरिएको छ । उक्त भेलाले नेपाल र बिश्वभर छरिएर रहेको कलेस्तीबासी र गैर कलेस्तीबासीलाई समेत यो अभियानमा सरिक हुन आग्रह गरेको छ ।

समितिका सल्लाहकार एबम पुर्व बरिष्ठ प्रहरी उपरीक्षक भिम बहादुर र समितिका अर्का सल्लाहकार बालचन्द्र आचार्यले यो अभियानबाट कलेस्तीबासीले प्रत्यक्ष लाभ लिने भए पनि सामाजिक कामको शुरुआत आफैंमा प्रशंसायोग्य रहेको बताए । साथै युवालाई गाँउको बिकास र समाजसेवामा अझै सक्रियतापुर्वक लाग्न आग्रह गरे ।

युवाहरुले अबको समयमा गाउँमा रोजगारी सिर्जना गर्न सक्ने खालका उद्योग सञ्चालन गर्ने पनि मनस्थिति बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।वरिष्ठ सन्चारकर्मी तथा समाजसेवामा समर्पित यस समाजका कोषाध्यक्ष रोशन रेग्मी (आर सि रेग्मी ) ले यो अभियानको आर्थिक पारदर्शितामा ढुक्क भई सेवामा जुट्न सबैलाई आग्रह गरे ।

अबको ६ महिना भित्र एम्बुलेन्सका लागि आवश्यक लागत जुटाइ खरिद गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने समाजको योजना रहेको कोषाध्क्ष रेग्मीले जानकारी दिए । माझफाँट, गजौडे, सिस्नेरी, डोटेलफाँट, विर्ता लगायतका ठाँउमा एम्बुलेन्स सेवाको आवस्यकता महशुस गरि समाजले एम्बुलेन्स खरिदको लागि महाअभियान शुरुआत गरेको हो । यस क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको खण्डमा व्यासको ९ ,८ र ७ र भानु–१३ नम्बर वडाका जनता लाभान्वित हुनेछन् ।

राजापानी कलेस्ती दिगो समाजले समाज कलेस्तीको सामाजिक बिकासको लागि यही बर्ष बिधिवत दर्ता भएको गैर नाफामुलक सामाजिक संस्था हो । स्वदेश र बिदेशका नागरिकहरुलाई जोडी कलेस्तीकै साझा समस्यामा केन्द्रित बनाउदै सबैको सहयोग मार्फत समस्या समाधान गराउने प्रमुख उद्देश्यले कलेस्ती दिगो समाजको स्थापना भएको हो ।

बिगतमा यस समाजले दिलिप खनाल बचाउ अभियान देखि माझफाँटका पहिरो पीडितलाई राहत दिदै श्री राजापानी मन्दिर रङ्गरोगनको लागि पनि आर्थिक सहयोग जुटाइ हस्तान्तरण गरिसकिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्