पोखरा १६ बाटुलेचौरमा नै पहिलो पटक “एबीसी मिनी मार्ट प्रा. लि.” सन्चालनमा आएको छ । सोही कार्यक्रमको आज उद्गघाटन भयको थियो । कोरोना माहामारीबाट विश्व नै आतङ्कित भएको बेला सबै भन्दा आवश्कीय बस्तु खाध पदार्थ हो भन्ने शिक्षा कोरोनाले सिकाएको हुदा नै हामीले यो ब्यवसाय संन्चालन गर्न लागेको र त्यसमा पनि खाधनको विक्रीवितरण गर्ने निणर्यमा पुगेको र “एबीसी मिनी मार्ट ” को शुरूआती चरणमा १ करोड लगानी गरेको र आवश्यकता अनुसार शाखा बिस्तार गर्दै जाने र स्थानीयस्तरको उत्पादनको प्रबर्द्धन हाम्रो पहिलो प्राथमिकता रहने र पहिलो चरणमा ५ जना कर्मचारी राखेको मार्टमा डिजिटल बिलिङ पेमेन्ट सिस्टम , लोयल्टी कार्ड सिस्टम प्रयोग गरिएको । “एबीसी मिनी मार्ट” संचालक दीपक बस्नेतले जानकारी गराए ।
कार्यक्रमा प्रमुख अतिथि नेपालकी गायिका ईन्द्रीरा जोसीले रिबन काटेर उद्गघाटन गरेकी हुन् । उनले कार्यक्रममा अहिलेका युवा पुस्ता व्यापार ब्यबसायमा लाग्नु पर्ने र कोरोनाको माहामारीमा सबै भन्दा ठूलो स्वास्थ्य र खाध्न महत्त्वपूर्ण रहेको हुदा यस मार्टले पनि खाध्नलाई विशेष प्राथमिकता दिएकोले अब सबैले यस मार्टलाई टेवा पुर्याउनु पर्ने बताईन् ।
सोही कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष जीवन प्रसाद आचर्यले अहिलेका युवाहरू १२ पास गरे पछी बिदेश जाने होड चलि रहेको बेलामा आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने हेतुले मार्ट संन्चालनमा ल्याएकोमा धन्यवाद प्रकट गर्नुको साथै यस बाटुलेचौर साहित्यको जगेर्ना गर्ने उद्गम् स्थल रहेको र पर्यटकीयले पनि भरिपूण भएको बताए ।
साथै संचालकले बिगत ९ बर्ष देखि पोखरामा फेन्सी ब्यबसाय संचालन गरि रहेका बस्नेतले पोखराको बाटुलेचौरमा पनि “एबीसी मिनी मार्ट” संनचालन गरेका हुन् । उनी ५ बर्ष जापन बसेर फर्किए पछि केही गर्नु पर्छ भनेर ब्यबसायमा लागेका हुन् ।