फोटोग्राफी अर्वाडद्धारा घले सम्मानित
  • प्रमुख खबर

पोखरा फोटोग्राफर संघको ३९ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा पोखरा स्थित कान्तिपूर पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशका प्रमुख अमित शेरचनको प्रमुख आतित्यथा रहेको उक्त कार्यक्रम सफल र भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट जनकराज तिवारीको अध्यक्षतामा ९ नयाँ कार्य समिति चयन भएको छ । सो कार्यक्रमबाट उपाध्यक्षमा रामचन्द्र पोखरेल, सचिव विश्वराज बराल, कोषाध्यक्ष नारायणहरि अधिकारी, सदस्यहरुमा प्रदिप कुमार नापित, कल्पना अधिकारी, चन्द्र प्रकाश दुङगाना र देवनन्द पोखरेल निवार्चित भएका छन् ।  त्यस्तै सोही कार्यक्रममा विगत १३ वर्षदेखि पोखरामा रहि फोटोग्राफी क्षेत्रमा महत्वपूर्ण योगदान पु्याउदै आउनुभएका संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं फोटोग्राफर सुक घलेलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख शेरचनले सफल फोटोग्राफर घलेलाई मिलन फोटो स्टुडियोबाट स्थापित अक्षकोष मिलन युथ इनरजेटिक फोटोग्राफी अवार्डद्धारा सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शेरचनले फोटोग्राफी क्षेत्र र यस पेशा एक्दमै महत्वपूर्ण भएको र यस क्षेत्रमा काम गर्दै आउनुभएकाहरुलाई राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको देख्दा आफु हर्षित भएको र सो कार्य तारिफ योग्य रहेको बताउँदै राज्यले पनि यस क्षेत्र र पेशमा आवद्ध रहनुभएकाहरुलाई सहयोग गर्नुपर्ने समेत बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्