पोखराको नदिपुरमा भेटियो मृत बच्चाको टाउको र हात
  • प्रमुख खबर

मगंलबार बिहान पोखराको नदिपुर स्थित कोपिलढुङ्गामा मृत बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । बच्चाको टाउको हिलोले लत्पतिएको अबस्थामा बाटोमा र हातको पञ्जा नजिकैको घर छेउमा भेटिएको स्थानियले बताएका छन् ।

टाउको र हातको पञ्जा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शरिरको अन्य भाग हालसम्म नभेटिएका कारण पनि बच्चालाई कसैले मारेर फालेको हो या अरू केहि रहस्य छ भन्ने कुरा अनुसन्धानको बिषय बनेको छ । घटनाको डटेर अनुसन्धान गर्ने  र अपराधिलाई कडा करबाहि गर्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्