रोटरी क्लव अफ पोखरा अन्नपुर्णले माछापुच्छ्रे गाउपालीका ३ घाचोक स्थित मेघराज आधारभुत विधालयमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
क्लवले वुधवार स्कुलमा एक कार्यक्रमको आयोजना गरी मास्क, सेनिटाइजर , थर्मल गन तथा खाजा व्यवस्थापन वापत नगद हस्तान्तरण गरेको हो । कार्यक्रमका संयोजक क्लवका प्रेशिडेन्ट इलेक्ट रामप्रसाद बस्ताकोटीले सो अवसरमा करीव ५० हजार रुपैया वरावरको सहयोग सामाग्री हस्तान्तरण गरीएको जानकारी दिनुभयो ।
करीव १ सय २२ विधार्थी अध्ययनरत विधालय का व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर केसी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लवका अध्यक्ष प्रदिपभक्त आचार्य , पुर्व अध्यक्षहरु इश्वर कर्माचार्य, माधव सिग्देल, वावुराम बराल, सुरेश ध्वजु, क्लवका सदश्य चेतराम अधिकारी, विधालयका प्रधानाध्यापक विश्वमोहन पोख्रेल लगायतले रोटरी गतिविधी तथा विधालयसंगको सहकार्य का बारेमा चर्चा गर्नु भएको थियो ।