शुक्ला साहित्य प्रतिष्ठानको दैमासिक लेख, रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । सुमन राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य राम बहादुर बानियाँ र नेत्र बहादुर बानियाँले आफ्ना दर्जन भन्दा बढी कबिता बाचन गरेका थिए । कार्यक्रमा उनिहरूले राष्ट्रियता, सहिद, साबधान, प्रकृती सम्बन्धि कबिता बाचन गरेका थिए भने हाईकु, गजल र लघु कथा समेत सुनाएका थिए ।
कार्यक्रममा विशेष अतिथि नब आदर्श क्लबका अध्यक्ष रेशमा शेरचन अधिकारी रहेकी थिन् । कार्यक्रममा बोल्दै शुक्लाका अध्यक्ष सुमन राज पौडेलले यस संस्थाले अहिलेको नयाँ पुस्तामा साहित्य जगेर्ना गर्नमा महत्त्वपूर्ण भूमिका खेलनुको साथै यस क्षेत्रकै अग्रणी साहित्य संस्था रहेको हुदा अन्य संस्थाले पनि साथ दिनु हुन आग्रह गरेका थिए ।
कार्यक्रममा हरिलाल तिमिल्सिना ,दुर्गा बस्नेत,कुञ्जराज थापा,र मनोज राज थापा लगाएतले कबिता,मुक्तक र गजल बाचन गरेका थिए । कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका सचिव गीता भट्टाराईले गरेकी थिन् ।