जग्गा रोक्का फुकुवा गरीयोस् भन्दै स्थानियबासीन्दा आक्रोसित
  • प्रमुख खबर

गारतारो कसेरी संघर्ष समिति पोखरा महानगरपालिका १६ डाडाथोक क्षेत्रका स्थानियबासीहरुले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीमा उचित क्षतिपूर्ती तथा जग्गा रोक्का फुकुवा माग सहित सिंचाई कार्यालयमा धर्ना दिएको छ । संघर्ष समितिका सचिव संदिप थापाले उक्त क्षेत्रमा वि.स. २०४७ सालमा ५१ घरपरिवारको कुल १३५ रोपनी जग्गा अघिग्रहण गरिएको जानकारी दिए । उनले ३० वर्ष बितिसक्दा समेत मुआब्जा लिनका लागि कुनै सुचना ननिकालिएको बताउदै सिंचाई कार्यालयका कर्मचारीलाई ज्ञापन पत्र समेत बुझाएको बताए ।

उनले आगामी चैत १८ गते सम्म सरकारलाई अल्टिमेटम दिने बताउदै भने, ‘त्यो समयसम्म हाम्रो माग सुनुवाई भएन भने त्यसपछि प्रत्येक बुधबार हामीले नहर थुन्छौ । त्यो कार्यक्रम हाम्रो बैशाख १५ सम्म हुनेछ । बैशाख १५ सम्म पनि हामीलाई सुनुवाई भएन भने सिंचाई सँग सम्बन्धित र वडा १६ मा रहेको नहर सदाका लागि बन्द गर्छाै, उनले थपे, हाम्रा एउटै माग छ, मुआब्जा चाँहिएन जग्गा रोक्का फुकुवा हुनुपर्याे ।’थापाले आफुहरुसमक्ष जग्गाको लालपुर्जा भएकाले जग्गा उपभोग गर्ने बताए । ‘लालपुर्जा हामीसँग छ तिरो तिरिराखेका छौ तर जग्गा चलाउन पाएका छैनौ उपभोग गर्न दिएका छैनन, उनले आक्रोश पोख्दै भने, ‘अब हामीले चलाउछौ, त्यहाँ भएका गिटी वालुवा भिक्छौ रुखहरु काट्छौ ।’

धर्नामा सहभागि उनीहरुले सर्वाेच्चको आदेश कार्यान्वयन गर, रोक्का जग्गा फुकुवा गर, जनतालाई सुकुम्बासी बनाउन पाईदैन – नालायक सिंचाई डिभिजन चाहिदैन, जनताको अधिकार प्राप्ति होस्, हामीले न्याय कहिले पाउँछौ ?, नालायक सिंचाई डिभिजन मुर्दावाद, जनताले न्याय पाउनैपर्छ, लगायतका नारा सहित सिंचाई कार्यालय प्राङ्गणमा १ घण्टा बढि प्रदर्शन समेत गरेका थिए । भने हामी कहिलेसम्म पीडित हुने ?, गारतारो कसेरीको जग्गा रोक्का फुकुवा गरियोस्, राज्यले लालपुर्जा भएका व्यक्तिलाई सुकुम्बासी बनायो, जनताप्रति राज्य किन निरिह ?, हामीले न्याय कहिले पाउछौ ?, सिंचाई कार्यालय अब हामी जाग्यौं, हामी जग्गा धनि कहिलेसम्म पीडित भएर बस्ने ?, सर्वाेच्चको फैसला कार्यान्वयन गर, राज्यद्वारा कब्जा गरिएको जग्गा फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्