डिभिजन वन कार्यलय कास्कीद्धारा वन डढेलो नियन्त्रण सम्बन्धि सप्ताहव्यापी कार्यक्रम संचालन हुने
  • प्रमुख खबर

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले प्रतेक वर्षको चैत्र १ देखि ७ गतेसम्म वन डढेलो सप्ताह मनाउँदै आईरहेको छ । डढेलो नियन्त्रणका लागि विभिन्न सरोकारवालाहरुसंग सवनय गरेर विभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन समेत भईरहेका छन् । यसै शिलशिलामा डिभिजन वन कार्यलय कास्कीले पनि जिल्लाका विभिन्न सामुदायिक वनहरुसंग सहकार्य गर्दै छुट्टा–छुट्टै ठाउँहरुमा वन डढेलो नियन्त्रण सम्बन्धि ्यालीका साथै सचेतना मूलक कार्यक्रमहरु सप्ताहव्यापी रुपमा संचालन गरिरहेको छ ।

सोही सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज डिभिजन वन कार्यलय कास्की र हेम्जाको तिब्रीकोट सामुदायिक वन उपभोक्ता समुहमले संयूक्त रुपमा वन डढेलो रोकथाम तथा नियन्त्रण सप्ताह जागरण ्याली आयोजना गरेको थियो । सो ्याली हेम्जाको मेलकोटबाट सुरु भई चाक्ले कुलो ठाउँमा पुगि समापन भएको थियो । सोही कार्यक्रममा गण्डकी प्रदेशका वन निर्देशक केदारनाथ पौडेलले वन डढेलो जैविक विविधता र वातावरणको हिसाबले डढेलो लाग्न नदिनुनै अत्यन्त महत्वपूर्ण कार्य भएको बताएका थिए ।

यो कार्यले वनजङगल, वन्यजन्तु, जडिबुटी संरक्षण गर्नुका साथै वातावरण प्रदुषण तथा जलवायु परिवर्तनलाई यसले प्रत्यक्ष असर पार्ने हुनाले यसलाई लाग्न नदिनको लागि वन मन्त्रालय र समुदायहरुले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको पनि जानकारी दिए । उनले कार्यक्रममा डढेलो लाग्न नदिनुनै पहिलो उपाय भएको र त्यसको निम्ति वन डढेलोजन्य पदार्थहरुलाई वनबाट नै बाहिर फाल्नुपर्ने बताए ।
त्यस्तै यसलाई नियन्त्रण गर्न सचेतना मूलक कार्यक्रमहरु आयोजना गरेर डढेलो सम्बन्धि चेतना दिनुपर्ने र यसबाट हुन सक्ने जनधनको क्षति एंव वन्यजन्तु र वनस्पतिको बारेमा जनमानसलाई सजग गराउनु पनि स्पष्ट पारे । उनले अहिले विभिन्न समुदाय स्तर र कार्यलय स्तरमा पनि वनजङगल नियन्त्रण एम्बुलेन्सको व्यवस्था गण्डकी प्रदेशमा भएको समेत जानकारी गराए ।

त्यस्तै उक्त कार्यक्रममा डिभिजन वन कार्यलय कास्कीका वन अधिकृत केदार बरारले वन डढेलो हामीहरुको शत्रु भएको र यहाँ ९० प्रतिशत डढेलो हाम्रा असावधानीका कारणले हुने गरेको बताए । उनले आगो सहि तरिकाले सदुपयोग गनुपर्ने र यदि यसको सहि सदुपयोग नभएमा र हाम्रो लापवाहीले गर्दा यसले वन, वन्यजन्तु, हाम्रा सम्पदा, महत्वपूर्ण जडिबुटि लगायत धेरै कुरालाई असर गर्ने पनि बताए ।
वनजङगलमा लागेको आगो कहिले काहि मानव बस्तीमा पस्दा यसले ठूलो मात्रामा जनधनको क्षति गर्ने गरेको समेत जानकारी दिए । अधिकृत बरारले जसरी हामी अहिलेका पुस्ताले वन र सम्पदाहरुलाई संरक्षण गरेर प्रयोग गरेका छौ भोलिका दिनमा पनि त्यसरी नै हाम्रा पुस्तालाई यही रुपमा नै हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको पनि बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्