सुरज श्रेष्ठ,पोखरा
नेपाल रेस्लिङ संघको आयोजनामा यहि चैत २० गते देखि दुई दिन पोखरामा रेस्लरहरु बिच भिडन्त हुने भएको छ ।पोखरा रंगशाला कभर्डहलमा आयोजना हुने रेस्लिङ ‘आरडब्लु राष्ट्रिय च्याम्पियनशिप २०२१’मा नेपालका चर्चित ३५ जना रेस्लरले उपाधीको लागि भिडन्त गर्ने भएको हो ।
नेपालमा रेस्लिङ खेलको विकास गर्दै अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्की सदस्य यबम संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन । २९ लाख खर्च हुने अनुमान गरेको सो प्रतियोगिताबाट बचेको रकम रेस्लिङ एकेडमी संचालनको लागि खर्चिने छ ।
प्रतियोगिता भव्य रुपमा सफल बनाउन राष्ट्रिय खेलकुद परिषद,गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका लगायत अन्य निकायमा सहयोगको लागि पत्रचार गरिएको बुधबार पत्रकार सम्मेलनमा श्रेष्ठले बताईन । खेलको विकास र बढ्दो के्रज संगै यो खेललाई स्थापित गराउन एकेडेमि नै संचालन गरि नियमित तालिम दिई रहेको चर्चित रेस्लर तथा प्रशिक्षक नुवाकोटे टाईगर (कमल तामाङ्ग)ले बताए ।
उक्तप्रतियोगितामा नुवाकोटेटाईगर,थागु,दयूव,डेभिड,साईन,टुप्पी ग्याङ,एक्स हिरो, सोफी,दिलाशा,चट्टान,लेडि एञ्जल,किङ रोवर्ट,तन्नु,सिजे,यूविएल,एमसी,हुम्ली फाइटर,योगी,जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित च्याम्पियन वेल्ट,दोस्रोले नगद ५० हजार सहित मेडल र प्रमाणप्रत्र प्राप्त गर्नेछ ।
नेपाल रिङ रेस्लिङ संघले यस अघि पोखरामा २०७३ साल फागुन १८ देखि २१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ फागुन १८ गते अन्तराष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरीसकेको छ । प्रदिप पाण्डे,विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिकामा देखिने छन् ।
प्रतियोगितामा नेपालका ख्याती प्राप्त हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने छ भने कार्यक्रम सञ्चालन दिक्षा कार्कीले गर्ने छिन । दर्शकले १ सय र २ सय टिकटमा नै खेल प्रत्यक्ष हेर्न पाउने छन ।