नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले प्रतेक वर्षको चैत्र १ देखि ७ गतेसम्म वन डढेलो सप्ताह मनाउँदै आईरहेको छ । यसै अवसरमा डिभिजन वन कार्यलय कास्कीले पनि जिल्लाका विभिन्न सामुदायिक वनहरुसंग सहकार्य गर्दै छुट्टा–छुट्टै ठाउँहरुमा वन डढेलो नियन्त्रण सम्बन्धि ्यालीका साथै सचेतना मूलक कार्यक्रमहरु सप्ताहव्यापी रुपमा संचालन गरिरहेको छ ।
सोही सप्ताहव्यापी कार्यक्रम अन्र्तगत डिभिनज वन कार्यलय कास्कीका वन अधिकृत केदार बरालले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी कालिका गणलाई वन डढेलो नियन्त्रण सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
डिएफओ बरालले डढेलो नियन्त्रण सामाग्री हस्तान्तरण गर्दै वन डढेलो हामीहरुको शत्रु भएको र यहाँ ९० प्रतिशत डढेलो हाम्रा असावधानीका कारणले हुने गरेको बताए । उनले वनजङगलको सुरक्षा गर्नु र यसलाई बचाउनु हामी सबै दायित्व भएको पनि जनाए ।
त्यस्तै उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले डिभिजन वन कार्यालय कास्कीले वन डढेलो सम्बन्धि सप्ताहव्यापी रुपमा संचालन गरेको कार्य निकैनै सर्हानिय भएको र सुरक्षाकर्मीहरुलाई वितरण गरेका सामाग्रीले आगामी दिनहरुमा डढेलो नियन्त्रणमा थप सघाउ पु्याउने समेत बताए ।
यस्तै यसै सप्ताहव्यापी कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यलय कास्कीले चैत्र १ गतेदेखि विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन समेत गरिरहेका छन् ।