नेपाली कांग्रेसका युवा नेता गंगन थापाद्धारा प्रधानमन्त्री ओली अयोग्यभएको ठहर
  • प्रमुख खबर

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गंगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली अयोग्य र अहंकारी प्रधानमन्त्री भएको बताएका छन् । पोखरामा आज आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेला एंव अधिवेशनको उद्घाटन गर्दै उनले देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर पनि ओलीले जिम्मेवारी पूरा गर्न नसकेको बताएका हुन् ।

५ वर्षको म्याण्डेट पाएरपनि सरकार चलाउन नसकेकोमा ओलीमा कुनै आत्माग्लानी र लज्जाबोध कहिल्यै नदेखिएको आरोप पनि लगाएका छन् । नेता थापाले हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजाउदै अब ५० वर्ष सरकार चलाइन्छ भने पनि अब कम्यूनिष्ट पार्टी मर्दा मलामी जाने कोही मानिस समेत नभएको बताएका छन् ।

सोही कार्यक्रममा उनले मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधिनै मान्न नसकिने पनि जनाएका छन् । उनले कोही एमालेमा फर्किएको र कोही माओवादीमा फर्किएकोले नेकपा पार्टी मरिसकेको तथा मरिसकेको पार्टीको जनप्रतिनिधि कसरी भइन्छ भनेर प्रश्न चिन्ह समेत खडा गरेका छन् । थापाले ओली प्रवृत्ति भनेको सरकार नभई सत्ता भएकोले नै त्यो सरकारबाट फैलिएर अदालत, अख्तियार, निर्वाचन आयोग लागयतसम्मा पुगेको पनि जनाएका छन् ।
उनले प्रधानमन्त्री ओलीको सपनामा रेल र पानी जहाज भएतापनि त्यसमा चढ्ने जनता नभएको बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता भन्दा पनि आफ्नो सत्ताको मात्र चिन्ता भएको टिप्पणी गरेका छन् । त्यस्तै प्रधानमन्त्रीको यही अंहकारी र एक्लौटी प्रवित्तिले अहिले देश संकटमा परेको पनि स्पष्ट पारेका छन् । देश र जनताको समृद्धिको निम्ति नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने जिकिर समेत नेता थापाले गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्