“लेखनाथ खाष्टेताल महोत्सव जाऔं प्रकृति र संस्कृतिमा रमाऔं,” भन्ने मुल नाराका साथ प्रथम लेखनाथ खाष्टेताल महोत्सव हुने भएको छ । खाष्टे र न्यूरिनि ताल तथा यस क्षेत्रलाई देश एंव विदेशका विभिन्न स्थान र बढी मानिस सामु परिचित गराउने उद्देश्यसहित चैत्र १२ देखि २२ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
महोत्सवबारे जानकारी दिने उद्देश्यसहित आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मुल संयोजक हरि प्रसाद अधिकारीले पोखरा उपत्यकाको झण्डै बिच भागमा प्राचिनकालमा क्रृषिमुनिहरुले तपश्या र अध्ययन गर्ने स्थल “क्रृषि डाँडा” ले चिनिने पोखरा महानगरपालिका वडा नं २६ को काखमा अवस्थित खाष्टे, न्यूरेनी र गुदेतालमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।
उनले विभिन्न चुनौतिको सामना गर्दै जैविक विविधताको संरक्षण गर्नु, ताललाई सुन्दर र सफा बनाई आगन्तुकहरुका लागि आकर्षणको केन्द्र बिन्दु बनाउनु आफुहरुको मुख्य उद्देश्य रहेको जनाएका छन् । उनले राष्ट्रिय स्तरमा पहिचान दिलाउने कवि शिरोमणि लेखनाथ पौडेलको जन्म स्थान अघौं अर्चले भएको हुदाँ सो पहिचानलाई समेत कायम राखि, यस क्षेत्रमा व्यावसाहिक रुपले संचालन भएका होटल तथा रिर्सोटको प्रर्वद्धनको ख्यातिको लागि पनि यस प्रथम लेखनाथ खाष्टे महोत्सवको औचित्व देखिएको बताएका छन् ।
त्यस्तै ठुलाकोटबाट पोखराका नौ ताल, अन्नपुर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको काखमा रहेको गुरुङ्ग बस्ती सिक्लेस, याङ्गजानकोट, तानतिङ्ग जस्ता बस्तीको दृष्याअवलोकन गर्न सकिने पनि उनले जानकारी दिएका छन् । संयोजक अधिकारीले थुम्की जि.सि.पोखरा हेभेन, टाइगर माउन्टेन जस्ता रिसोर्ट हुँदै पर्यटकको लागि सुविधायुक्त ठाउँले पनि यो क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य रहि आएको समेत बताएका छन् ।
महोत्सव संचालनको निम्ति खाष्टे तथा न्यूरेनीताल संरक्षण विकास समितिको मुख्य आयोजना रहेको छ भने राष्ट्रिय संगितकर्मी संघ कास्कीको सह–आयोजना रहेको बताइएको छ । यस्तै सोही कार्यक्रममा अधिकारीले गत आ.व.०७६÷०७७ मा वन तथा, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा भु तथा जलाधार कार्यलय तनहुँ दमौलिबाट खाष्टे, न्यूरेनी ताल संरक्षणको लागि प्राप्त अनुदान दुई तालको रु ४० लाखले फुट टे«क, रिटेनीङ्ग वाल २ सय ८० मिटर बाध सम्पन्न भएको साथै यस वर्ष देखि पोखरा उपत्यकका ताल संरक्षणका लागि ताल प्राधिकरण गठन भई विभिन्न कार्यहरु संचालन गर्न योजना भएको पनि बताएका छन् ।