पिएन क्याम्पस शिक्षा संकायमा बिहानी कक्षा स्थगित गरीएको बिरुद्धमा अखिल क्रान्तिकारी
  • प्रमुख खबर

पृथ्वीनारायण क्याम्पस पोखराले बिहानी पठनपाठनमा रोक लगाएर बिहानी पढाई दिउँसो सिफ्ट गरेको जानकारी दीए संगै बिभिन्न तहबाट बिरोध भईरहेको छ ।

यसैबिच सिफ्ट मर्ज तथा स्थानान्तरण गरेको बिरोधमा बिप्लव निकट अखिल क्रान्तिकारी कास्की पिएन जिल्ला समितिले बिरोध स्वरुप क्याम्पस गेटमा ब्यानर टाँसेको छ । बिध्यार्थिको पठनपाठनमा गम्भिर असर र असुबिधा खडा हुने भन्दै बिरोध साथै बिहानी तथा दिवा दुबै शिफ्टमा पढाई हुनुपर्ने हाम्रो माग रहेको पिएन जिल्ला समितिका अध्यक्ष उपेन्द्र परीयारले बताउनु भयो ।

अखिल क्रान्तिकारी पिएन जिल्ला समितिद्वारा टासिंएको उत्त ब्यानरका अनुसार “पृथ्वीनारायण क्याम्पस ऐतिहासिक महत्त्व बोकेको पश्चिमान्चलकै ठुलो शैक्षिक केन्द्रका रुपमा रहेको गरीब तथा श्रमजिवी जनताका छोराछोरी अध्यन गर्ने उत्कृष्ट क्याम्पस हो । क्याम्पसमा बिध्यार्थिको चाहना बिपरीत प्रतिकुल गरीएको शिफ्ट मर्जको घोर भत्सर्ना गर्दै बिहानी र दिवा दुवै शिफ्टमा पठनपाठन गराउन जोडदार माग समेत गरीएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्