कास्की जुडो संघद्धारा आफ्ना दुई खेलाडीलाई सम्मान
  • प्रमुख खबर

कास्की जुडो संघ, पोखराले आज एक कार्यक्रमको आयोजना गरि आफ्ना दुई खेलाडीलाई सम्मान गर्नुका साथै बधाई दिएको छ । संघका उपाध्यक्ष प्रथम छन्त्यालको अध्यक्षतामा सो सम्मान एंव बधाई कार्यक्रमको आयोजना भएको हो ।

चैत्र १५ गते होलीको शभु अवसरमा पश्चिमाञ्चल खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको विविध खेलकुद प्रतियोगिता अन्र्तगत म्यूजिकल चेयर र लिंगो चढ्ने खेलमा प्रतियोगीको रुपमा सहभागी भई प्रथम हुन सफल भएका जुडोका दुई खेलाडीलाई सम्मान गर्नुका साथै बधाई दिएको हो । सो कार्यक्रममा म्यूजिकल चेयरमा सौमिया तामाङ्ग र लिंगो चढ्ने प्रतियोगितामा केशव तामाङ्ग प्रथम हुन सफल भएका थिए ।
त्यस्तै सोही कार्यक्रममा लिंगो चढ्ने र घैंटो फुटाई प्रतियोगितमा सहभागी भई राम्रो खेल प्रर्दशन गर्न सफल अर्का एक जना जुडो खेलाडी संजय वि.क. तथा आफ्रना खेलाडीहरुलाई कार्यक्रम अवधिभर अनुशासित एंव मर्यादित भएर प्रतियोगितामा सहभागीता जनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल यस जुडो संघका प्रमुख प्रशिक्षक रबि चौधरीलाई समेत उपाध्यक्ष छन्त्यालले बधाई दिनुका साथै सम्मान गरेका छन् ।

विशेषगरी जुडो संघ र यस खेललाई उक्त विविध खेलकुद प्रतियोगितामा सहभागिता जनाई दुई खेलमा संघका जुडो खेलाडीहरुले सफलता हात पारि पोखराबासीसामु यस खेल र संघलाई चिनाउन सफल भएकोमा सो कार्यक्रममार्फत उपाध्यक्ष छन्त्यालले जानकारी दिएका छन् । त्यस्तै जुडो संघका प्रमुख प्रशिक्षक चौधरीले संघले आयोजना गरेको कार्यक्रम एक्दमै प्रभावकारी भएको बताएका छन् । उनले खेल जुनसुकै भएतापनि आफ्नो संघका खेलाडी खेलमा सहभागी भई पहिलो हुनु र पोखराबासीको माझमा जुडोलाई पहिचान गराउन सफल हुनु आफैमा अत्यन्तै गौरवको कुरा भएको पनि जनाएका छन् ।
उनले संघले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमले खेलाडीहरुमा एउटा उत्साह र ऊर्जा थपने कार्य गरेको प्रति संघलाई धन्यवाद समेत दिएका छन् ।

यस्तै उनले सोही कार्यक्रममार्फत २०७८ मा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि यस संघका खेलाडीहरुले कडा मेहेनेत र प्रशिक्षण गरिरहेको पनि जानकारी दिएका छन् । अब ०७८ मा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्षेत्रबाट जुडो खेलमा राम्रो प्रर्दशन गरि जुडोलाई गण्डकी प्रदेशमा स्थापित गराउने पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्