पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी विजयी, भण्डारीको जितसंगै महासंघमा पहिलोपटक महिला नेतृत्व
  • प्रमुख खबर

नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा विमला भण्डारी विजयी भएकी छन् । कांग्रेस निकट प्रेस यूनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले १७४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएकी हुन् ।

उनले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गर्न सफल भएकी हुन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलो पटक अध्यक्षको रुपमा महिला नेतृत्व पाएको छ ।यस्तै खुल्ला उपाध्यक्षमा भण्डारी प्यानलकै रामप्रसाद तिमिल्सिना विजयी भएका छन् । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतको अन्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले १७२ मत प्राप्त गर्दा गिरीले जम्मा १२२ मत प्राप्त गरेका थिए ।

यस्तै महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जित हासिल गरेकी छन् । उनले १५१ मत प्राप्त गर्दै महिला उपाध्यक्षको पद सुरक्षित गर्न सफल भएकी हुन् ।
त्यस्तै सचिवमा भने केशवशरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १५५ मत प्राप्त गर्दै दिपक परियारलाई पराजित गरेका छन् । बरालले १४ मतान्तरले परियारलाई पराजित गर्न सफल भएका हुन् ।

यस्तेै सह–सचिव खुल्लातर्फ भण्डारी समुहका श्रीराम सिग्देलले जित हात पारेका छन् । उनले चौतारीका मान बहादुर घर्ती (एमबी आस्था मगर)लाई ६२ मतान्तरले जित हासिल गरेका हुन् । सह–सचिव समावेशीतर्फ भने रेम वि.क. विजयी भएका छन् भने कोषाध्यक्षमा कृष्ण दवाडीले जीत हासिल गरेका छन् ।
त्यस्तै महिला सदस्यतर्फ सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, सदस्य जनजातीमा पदम श्रेष्ठ, समावेशीमा जैनव खातुन विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा धन बहादुर गुरुङ्ग (सुमन), शिवराज बस्ताकोटी, कञ्चन थापा, गीता राना मगर, प्रभु अधिकारी, सन्तोष बस्याल, युवराज गुरुङ्ग (युनिश), सन्तोष सुवेदी र हरि पन्तले जीत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्