मादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड-२०७७ सम्पन्न
  • प्रमुख खबर

मादी गाउँपालिका, शिक्षा,यूवा तथा खेलकुद शाखाको आयोजनामा  राष्ट्रपति रनिङ शिल्ड -२०७७ आज सम्पन्न भएको छ । आज सम्पन्न  माध्यमिक विद्यालय स्तरीय छात्रा तथा छात्र भलिवल प्रतियोगितामा छात्र तर्फ १० समुह र छात्रा तर्फ ७ समूह समावेश गरी नक आउट प्रणालीमा खेलाईएको भलिवल प्रतियोगितामा छात्रा तर्फ राष्ट्रज्योति मावि, मादी -११, सैमराङले प्रथम स्थान हासिल गरी नगद रू. पन्ध्रहजार, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त  गरेका छन् । र महारुद्र मावि, मादी -६, तप्राङले द्वितीय स्थान हासिल गरि नगद रू. दश हजार, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका थिए, त्यस्तै गरी छात्र तर्फ जनकल्याण मावि, मादी -१० मकैखोलाले प्रथम स्थान हासिल गरी नगद रू. पन्ध्रहजार, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त  गरेका थिए ।

महारुद्र मावि, मादी -६, तप्राङले नै द्वित्तीय स्थान प्राप्त गरी नगद रू. दश हजार, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका छन्, भने छात्रा तर्फको उत्कृष्ट खेलाडीको उपाधी राष्ट्रज्योति मावि, मादी -११, सैमराङका छात्रा कविता गुरूङ र छात्र तर्फको उत्कृष्ट खेलाडीको उपाधी जनकल्याण मावि, मादी -१० मकैखोलाका ओशन गुरुङ घोषित भई ट्रफि उचालेका थिए । कार्यक्रममा विजयी खेलाडीहरुलाई नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र र मेडल वितरण मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरूङले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि आसनबाट अध्यक्ष गरुङले  खेलकुदको माध्यमबाट विद्यार्थीको आपसी सहयोग र अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न सहयोग हुने कुरा बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले छात्राहरु पनि खेलकुदमा सहभागि भई पदक प्राप्त गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता मादी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रतनबहादुर गुरङले गर्नु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सबैलाई स्वागत गर्नु भएको थियो । मादी गाउँपालिकाका ४,६,७,८,११ नं. वडाध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख संझना पोख्रेलले गर्नु भएको थियो । मादी गाउँपालिका वडा नं. ५ मा रहेको काउरे बयरघारी युवाकल्वको खेल मैदानमा भएको खेल कार्यक्रममा श्री चण्डीका आधारभूत विद्यालय, काउरे बयरघारी युवाकल्व र आमा समूहले कार्यक्रम सञ्चालन र व्यवस्थापनमा सक्रिय सहभागिताका साथ सहयोग र योगदान गर्नु भएको थियो ।

साभार -सम्झना पोखरेलको फेेसबुकबाट 

तपाईको प्रतिक्रिया दिनुहोस्