नेपाल अभिभावक महासंघ पोखरा महानगर कमिटि गण्डकी प्रदेशको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

नेपाल अभिभावक महासंघ पोखरा महानगर कमिटि गण्डकी प्रदेशको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम आज सम्पन्न भएको छ । कमिटिका अध्यक्ष भिम प्रसाद सुवेदीको अध्यक्षतामा सो कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा क्यालेन्डर विमोचन प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यको हातबाट भएको थियो । क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथि आचार्यले समय सन्र्दभ जति–जति कमजोर बन्दै जान्छ शिक्षा क्षेत्र पनि त्यतिनै प्रभावित हुने रहेछ भन्ने कुरा हामी सबैले देखेको बताए ।

शिक्षा क्षेत्रमा कोरोनाको कहरले गत वर्ष पनि निकै अप्ठ्यारो स्थीति सृजना गरेको र शैक्षिक सत्र जब अन्त्य हुन लागेको थियो त्यस पछाडी झन थप पिडामा परेको पनि बताए । उनले शिक्षा क्षेत्र पिडामा पर्नु भनेको विद्यार्थी मात्र नभइकन शिक्षकहरु र सिंगो अभिभावक पंति पनि मर्कामा पर्ने रहेछ भन्ने स्पष्ट भएको समेत जनाए । यस संकटलाई समाधान गर्नको निम्ति विद्यार्थीहरुको २०७७ को शैक्षिक सत्रलाई अन्त्य गर्नका लागि र ०७८ को नयाँ शैक्षिक वर्ष तयारी गर्नका लागि आफुहरुलाई निकै अप्ठ्यारो स्थीति सृजना भएको र यस परिस्थितिलाई समाधानको निम्ति छलफलको माध्यमबाट अगाडी लगिरहेको जानकारी पनि गराए ।

उनले शैक्षिक क्षेत्रको विकासका निम्ति जतिपनि संगठित संस्था छन् ति सबै संस्थाहरुले विद्यार्थी र शिक्षा क्षेत्रको विकासको निम्ति एंव बालबालिकाहरुको सिकाईको लागि अभिभावकहरुको चेतना विकास गर्न आवश्यकता रहेको बताए । महानगरमा शैक्षिक क्षेत्रमा करिब ६० देखि ६५ प्रतिशत हिंसा निजि क्षेत्रले ओगटेको जानकारी दिदै शैक्षिक क्षेत्रको विकासका निम्ति निजि क्षेत्रले पु्याएको यस सहयोगलाई बिर्सन नहुने पनि जनाए ।

त्यस्तै सोही प्रसंगमा उनले सरकारी विद्यालयहरुमा पनि सरकारको ठुलो लगानी भएको र कतिपय एक्दमै उत्कृष्ठ सामुदायिक विद्यालयहरु उदाहरणको रुपमा पनि रहेको बताउदै शिक्षा सबैको लागि भएकोले पनि देशभर भएका सरकारी विद्यालयको विकासको लागि सम्पुर्ण अभिभावकहरुले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्ने समेत बताए । सोही शुभकामना एंव क्यालेन्डर विमोचन कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित नेपाल अभिभावक महासंघ केन्द्रिय सदस्य एवं जिल्लाका अध्यक्ष शोभाकर भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै क्यालेन्डर विमोचन कार्य निकै सहार्निय भएको बताए ।

उनले अभिभावकहरु माथि परेको मर्का, शैक्षिक संस्थाले अभिभावकहरु माथि पार्ने समस्याहरुलाई समाधानको लागि यस अभिभावक संस्थालाई वडा–वडामा पु्याउन यस रचनात्मक कार्यले पहल गर्ने विश्वास राखेका थिए । त्यस्तै उनले शैक्षिक क्षेत्रको विकासका निम्ति सरकारी स्तरमा नै आयोजना हुने विभिन्न कार्यक्रमहरुमा आफ्ना प्रतिनिधिहरुलाई पनि सहभागी गराउनुपर्छ भनि सम्बन्धित ठाउँमा पत्राचार भएको तर त्यसको कार्यानव्यन नभएको हुदाँ सोही कार्यक्रममार्फत ध्यानकर्षण समेत गराएका थिए ।
यस्तै उक्त कार्यक्रममा कमिटिका सदस्य एंव क्यालेन्डर प्रकाशन समितिका संयोजक कलाधर बरालले स्वागत मन्तव्य राखेका थिए भने कमिटिका उपाध्यक्ष विष्णु सुवेदी भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै कार्यक्रम संचालन कमिटिका सचिव देवेन्द्र बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्