पोखरा १६ बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानले हरेक दुई -दुई बर्षमा समर्पण गर्दै आएको राष्ट्रिय पुरस्कार यस बर्ष प्रा.डा. जगमान गुरुङ्गलाई प्रदान गरेको छ । सुमन राज पौडेलको अध्यक्षयतामा भएको कार्यक्रममा विशेष अतिथि प्रा.डा. जगमान गुरुङ्ग रेहेका थिए शुभकामना मन्तब्य यसै प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरि बरूवालले राखेका थिए । सम्मानित गुरुङ्गको परिचयको बारेेेमा शुक्लाका मानार्थ सदस्य राम बहादु बानियाँले बताएका थिए ।
गुरुङ्गले राष्ट्र र राष्ट्रियता हामी नेपालीले कहिले पनि भुल्नु हुदैन र हामी जब राष्ट्रलाई सम्मान गर्छौ तब मात्र हामी सम्मानित हुने गर्छौ र आफुले पनि गाउँ टोल भन्दा राष्टकै लागि कलम चलाएकोमा प्रकाश पारेका थिए । साथै पुरस्कार समिति तथा बिभिन्न आमा समुह क्लब बडा जनप्रतिनिधि लाई मायाको चिनो बितरण गरिएको थियो । साथमा विभिन्न महानुभावहरुले शुभकामना दिएका थिए।
यसरी नै यस बर्ष उनकै निबास याङजाकोटमा गएर प्रा.डा. जगमान गुरुङ्गलाई रू ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ताम्रापत्र र दोस्ला ओढाएर पुरस्कार समर्पण गरीएको संस्थाका अध्यक्ष सुमनराज पौडेलले बताएका छन् । सम्मानित हुने प्रा.डा.गुरुङ्गलाई नेपाली संस्कार, संस्कृति र इतिहासको क्षेत्रमा गहन अध्ययन गर्नुका साथै स्थानीय इतिहास, संस्कृति र परम्पराका सूक्ष्म विश्लेषण गर्दै राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता एंव जातिय सद्भापको अभिवृद्धिमा उनले पु्याएको योगदानको अनुसन्धान तथा प्रचार–प्रसारमा निरन्तर क्रियाशिल रहँदै आएका उनलाई यस संस्थाको १० औं शुक्ला साहित्य पुरस्कारद्धारा सम्मान गरिएको हो ।
वि.सं.२००४ श्रावण २४ गते याङजाकोट, कास्कीमा जन्मेका गुरुङ्गले नेपाली इतिहास संस्कृति र पुरातत्व विषयमा त्रि.वि.बाट एम.ए गरेका छन् । उनले चिनिया–तिब्बती ज्योतिषशास्त्रमा पि.एच.डी र विश्व ज्योतिष विद्यापिठ कलकत्ताबाट शिक्षा हासील गरेका छन् । उनका गुरुङ्ग जाति तथा संस्कृति–२०३४, नेपाल एकिकरणमा गुरुङ्गहरुको भुमिका–२०४४, नेपालको राष्ट्रिय एकिकरणको परिपेक्षयमा गण्डकी प्रश्रवण क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक लेखहरु प्रकाशित समेत छन् । त्यस्तै उनको नेपालको राष्ट्रिय समीकरणमा अखण्ड शिव–बुद्ध समन्वयवादको भुमिका र A study on Sino Tibetan Astrological System among The Geography of Gandaki Regions in western Nepal कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
हालसम्म शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट ९ जना व्यक्तित्वहरु सम्मानित भईसकेका छन् । सो सम्मानित हुने व्यक्तित्वहरुमा २०५८ मा हास्यव्यंग्य मार्फत जनचेतना जागरण फैलाउन सफल महजोडी, २०६० मा डा.रविलाल अधिकारी प्रगतिबादी समालोचनाको क्षेत्रमा योग्दान पु्याए बापत, मुक्तक, उपन्यास, नाटक, कविताका क्षेत्रमा योग्दान गरेको २०६२ मा सरुभक्तलाई सम्मान गरेको छ । त्यस्तै २०६४ मा कला, चित्रकला एवं व्यंग्य चित्रको मार्फत विसङ्गति र विकृतिमा तिखो प्रहार गरेकोमा दुर्गा बराल वात्सायन, २०६८ मा गजल र कथाका क्षेत्रमा योगदान गरेकोमा मनु ब्राजाकी चेतमान सिंह भण्डारी, २०६८ मा मौलिक प्रगतिवादी गित संगित मार्फत जनजागरण अभिबृद्धि गरेकोमा जीवन शर्मा सम्मानित भईसकेका छन् ।
यस्तै सो पुरस्कारबाट लोकगित, संङकलन गायन मार्फत लोक संस्कृति उत्थान गर्न सफल हरिदेवी कोईरालालाई २०७० मा, लोक साहित्य, संकल्न अनुसन्धान योगदान गरेकोमा २०७२ मा हंसपुरे सुवेदीको साथै २०७२ मा नेपाली भाषा व्याकरण विशेष योगदान गरेकामा चुडामणी बन्धुलाई पनि समान गरि सकेको सचिब गिता भट्टाराई भन्डारीले बताईन् भने कार्यक्रम संचालन पनि गिता भट्टाराई भन्डारीले गरेकी थिन् ।
फोटो – अग्निधर तिमिल्सिना