पछिल्लो २४ घण्टामा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ९०३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै कास्की जिल्लाका रहेका छन् ।
आज मात्रै कास्कीमा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या हालसम्म १९ हजार ८ सय ५३ पुगेको छ भने २३५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
त्यस्तै हाल यस प्रदेशमा २ हजार ५ सय ४६ सक्रिय रहेका छन् । जसमध्ये २ हजार ३ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना निको भएर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा हालसम्म १ लाख ४७ हजार ३ सय २० जनाको कोरोना परीक्षण समेत भइसकेको छ ।
यस्तै देशभर आजसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये २ लाख ८७ हजार ७९० जना संक्रमणमुक्त समेत भएका छन् ।