कास्की जिल्लाभर थप ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि
  • प्रमुख खबर

आज कास्की जिल्ला भर एक वर्षीय बालिका सहित थप ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको पछिल्लो जानकारी अनुसार जिल्लाको मादी गाउँपालिकाका ८ जना, रुपा गाउँपालिकाका ३ र अन्नपुर्ण गाउँपालिकाका १ जना रहेका छन् भने अन्य ३ सय ८ जना भने पोखरा महानगरपालिका भित्रका रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै २१ हजार ५ सय नजिक पुगेको निर्देशनालय पोखराले जनाएको छ ।यस्तै निर्देशानालयले दिएको जानकारी अनुसार संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ६८ वर्षीय पुरुष, पर्वत जिल्ला जलजला गाउँपालिकाका ६३ वर्षीय पुरुष, कुश्मा नगरपालिकाका ५३ वर्षीय पुरुष र तनहँु जिल्ला व्यास नगरपालिकाकी ६० वर्षीय महिलाको मृत्यु भएको हो ।

त्यस्तै देशभर दोस्रो चरणको कोरोना संक्रमण दर बढेसंगै कास्की जिल्लामा पनि संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ । संक्रमितको संख्या बढेसंगै कास्कीको पोखरामा रहेका गण्डकी अस्पतालको साथै गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पतालमा गरि करिब सय बढि संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका मध्ये ९० प्रतिशत बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको र अब जटिल अवस्थाका बिरामी आए पनि राख्न सक्ने अवस्था नभएको गण्डकी अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् । उता गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पताल शिसुवाका निर्देक विकास गौचनले पनि आफुले थप बिरामी भर्ना गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्