गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको नेकपा एमाले गण्डकीको संसदीय दलको बैठकमा गुरुङले आफूले राजीनामा दिने निर्णय गरेका थिए।
उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेको बताइएको छ । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन उनले राजीनामा दिएका हुन् । ।
मुख्यमन्त्री गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकारका लागि प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।