दोस्रो चरणको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण कास्कीका ६ सहित गण्डकी प्रदेशमा ११ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । यस संगै अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या २८७ पुगेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै यो समाचार तयार पर्दासम्म पोखरामा अहिले १६६ सहित कास्की जिल्लाभर १९२ जनामा संक्रमण पुष्टि भएको समेत स्वास्थ्य निर्देशनालयले बताएको छ । दैनिक कोभिड–१९ का बिरामीहरु दिनहु बढ्दै गएको हुनाले निर्देशनालयले स्थिति भयावह हुँदै गएकाले सुरक्षित र सचेत रहन आग्रह पनि गरेको छ ।