बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा निर्वाचित
  • प्रमुख खबर

वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम अनुसार देवकोटा निर्वाचित भएका हुन् । उनले ५०८८ मत प्राप्त गरेका थिए भने बादलले ४०१४ मत पाएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समुहको समर्थनमा उम्मेदवार दिएका डा.खिमलाल देवकोटाले नेकपा एमालेका रामबहादुर थापा बादललाई उछिन्दै जित हासिल गर्न सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्