क्षत्री समाज नेपाल कास्कीद्वारा “आपतकालीन कोभिड रोग राहत कोष”स्थापना
  • प्रमुख खबर

क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीले
“आपतकालीन कोभिड रोग राहत कोष”स्थापना गरेकाे छ । हाल बिश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट समस्यामा परेका आम नेपाली नागरिकहरुलाई सहयाेग गर्ने उद्देश्यले “आपतकालीन कोभिड रोग राहत कोष” स्थापना गरिएकाे समाजका कार्यवाहक अध्यक्ष दिल बहादुर क्षत्री अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्षत्री समाजमार्फत सहयाेग गर्न चाहानुहुने महानुभावले गरिमा विकास बैक, पोखरा शाखाको “क्षत्री समाज नेपाल जिल्ला समिति कास्की”को खाता नं ००७००१०००३७८७८००००२ मा आफु सक्दाे रकम जम्मा गर्न सकिनेछ ।आर्थिक पारदर्शिताका लागि समाजले”आपतकालीन कोभिड रोग राहत कोष” काे समितिकाे संयाेजकमा जिल्ला समिति कास्कीका उपाध्यक्ष दानबहादुर बस्नेतलाई जिम्मेवारी दिएकाे छ भने सहसंयाेजक भरत थापा क्षत्री रहेका छन् । साथै, सदस्यहरुमा गणेश कुँवर, सन्दिप थापा, शेरजंग अधिकारी, प्रेमबहादुर थापा, अर्चना राेकाहा बस्नेत,लाेकबहादुर खड्का र कालिका थापा रहेका छन् ।

क्षत्री समाजले सबैमा “आपतकालीन कोभिड रोग राहत कोष” स्थापना आर्थिक सहयोग गर्न अनुरोध गर्दै यस कोभिड १९ बाट बच्नको लागि स्वास्थ्य मन्त्रालयबाट तोकिएका स्वास्थ्यसँग सम्बन्धित सुरक्षा मापदण्डहरु अप्नाउनको लागि सम्पुर्ण नेपालीहरुमा हार्दिक अनुरोध समेत गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्