संसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक, बैठक अहिले साँढे ९ मा बस्ने तय
  • प्रमुख खबर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । आज विहान साँढे ९ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीेले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार रााति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो । उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् ।
बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ । देउवाले पार्टीका नेताहरुसंग बैठकपछि विपक्षी दलका नेतासंग पनि छलफल गर्ने एक उच्च स्रोतले जनाएको छ । माओवादी केन्द्र, एमालेका माधव नेपाल र जसपाका उपेन्द्र यादव पक्षसंगको छलफलको समय भने तय नभएको पनि स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्