गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्ने र मृत्यु हुनेको संख्या दिनहु घटबढ भईरहेको छ । कोरोना संक्रमित बढेसंगै त्यही दरमा निको हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६९९ ले कोरोनालाई जित्न सफल भएका छन् । यस संगै प्रदेशमा निको हुनेको संख्या २३ हजार ७ सय ६७ पुगेको छ ।
त्यस्तै हिजो संक्रमितको संख्या घटे पनि आज भने फेरी संक्रमितको संख्यमा वृद्धि भएको छ । आज प्रदेशमा ५सय ३ जना पुरुष र ४ सय ४३ महिला गरी ९ सय ४६ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार आज कास्कीमा २ सय ९५, बाग्लुङ्गका ९५, म्याग्दीका १ सय ८१, तनहुँका ६१, पर्वतका १८, लमजुङ्गका ८, गोरखाका १ सय ७१, स्याङ्जाका ९०, नवलपरासीका २५ र मुस्ताङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार ५ सय ८२ पुगेको छ । यस प्रदेशमा हालसम्म १ लाख ७७ हजार ३ सय १३ जनाको कोरोना परीक्षण भएको पनि निर्देशनालयले जनाएको छ ।
१० माघ २०८१, बिहीबार