पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमित भएर निको हुनेको संख्यामा वृद्धि भएको छ । आज मात्र ६ सय ५३ जना निको भएका छन् । योसंगै प्रदेशमा संक्रमणलाई जित्नेको संख्या २४ हजार ४ सय २० पुगेको छ । कोरोना संक्रमित भएर निको हुनेको संख्यामा केही वृद्धि भएतापनि नयाँ संक्रमित पनि थपिरहेका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३४ जनामा गरिएको परीक्षणमा ७ सय ४४ जना संक्रमित थपिएका छन् । यससहित गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या हाल ३५ हजार ३ सय २६ पुगेको छ ।
त्यस्तै आज कास्कीका २ सय ६३, तनहुँका १ सय चार, म्याग्दीका ३८, बाग्लुङका २१, लमजुङका २३, गोरखाका ११, नवलपरासीका १ सय ३३, मुस्ताङका २ र मनाङका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज प्रदेशमा आज २० कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म यहाँ ५ सय ५१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
४ फाल्गुन २०८१, आईतवार