पोखरामा कास्की जुडो संघले मनायो अन्तराष्ट्रिय ओलम्पिक दिवस
  • प्रमुख खबर

कास्की जुडो संघले आज एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाएको छ । संघका अध्यक्ष प्रकाश सिंह भण्डारीको अध्यक्षतामा पोखरा रंगशाला भित्र रहेको कास्की जुडो संघको हलमा सिमित व्यक्ति र खेलाडीको उपस्थितिमा अन्तराष्ट्रिय ओलम्पिक दिवस २०२१ मनाईएको हो ।

कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष, पोखरा महानगर खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारको प्रमुख आतित्यथामा सो कार्यक्रम आयोजना भएको हो । प्रमुख अतिथिति गोदारले खेलकुद क्षेत्र विकासका निम्ति आजको दिन महत्वपूर्ण रहेको स्मरण गर्दै विश्व शान्तिको लागि स्थापना भएको ओलम्पिक अभियान अपरिहार्य रहेको बताए ।

ओलम्पिक अभियानलाई सबैको चासोको विषय बनाउन सके मात्र र ओलम्पिकको अभियानलाई प्रतेक घरमा पुर्याउन सफल भईयो भने यसको सार्थकता अझ बढ्ने जानकारी दिए । उनले खेलाडी, प्रशिक्षक, खेलप्रेमी लगायत सम्पूर्ण खेलकुदका सबै अङ्ग चलायमान हुँदै एक ढिक्का भएर अगाडी बढ्न सके मात्र खेलकुदले आफ्नो गति लिने समेत बताए ।

संघका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष दिल जैसी, कोषाध्यक्ष प्रथम छन्त्याल, प्रशिक्षक रवि चौधरी लगायतको उपस्थिति रहेको थियो भने संघका जुडो खेलाडीहरुबाट जुडो खेल प्रर्दशन गरिनुको साथै सेल्फ डिफेन्स् कार्यक्रम पनि आयोजना गरि आज अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाईएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्