पोखराका कोभिड अस्पतालमा नेपाल फार्मेसी काउन्सिलको अनुगमन
  • प्रमुख खबर

नेपाल फार्मेसी काउन्सिले कोभिड अस्पतालका फार्मेसीहरुको प्रेस्किब्सन अडिट शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड – १९ केश व्यवस्थापन अनुगमन समितिले ४ जेठमा गरेको निर्णय अनुसार काउन्सिलले कार्यदल बनाएर प्रेस्किब्सन अडिट सुरु गरेको हो । अडिटका लागि काउन्सिल अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ ।

यसले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका अस्पताल कोभिड – १९ को उपचार गर्ने अस्पतालका फार्मेसीहरुमा गएर प्रेस्किब्सनको अडिट गर्नेछ ।अहिले काठमाडौ उपत्यकामा अडिट सकिएको तथा पोखरामा पनि हिजो मात्र सकिएको छ। पोखरामा यस अडिटका लागि नेपाल फार्मेसी काउन्सिलका सदस्य अमृत थापा तथा काउन्सिल अडिट कार्यदल सदस्य बिनिता केसि रहेका छन। ‘खासमा कोभिडको उपचारमा कस्ता कस्ता औषधि कति मात्रामा प्रयोग भए ? समुचित रुपमा प्रयोग भएकी भएनन् ? एन्टीवायोटिक, स्टोरोइड, भिटामिन, मिनरल्स, प्यारासिटामोल लगायतका औषधिहरुको कति मात्रामा प्रेस्काइब भयो ? त्यो हेर्नका लागि प्रेस्किब्सन अडिट थालेको काउन्सिल सदस्य अमृत थापाले प्रमुख खबर डट कम लाई बताए ।

गण्डकी प्रदेश भित्र पर्ने कोभिड बिरामीका उच्च चाप भएका सरकारी तथा गैरसरकारि अस्पतालहरुमा मिति २०७८-०३-१७ बाट २०७८-०३-३१ गते सम्म ९ ओटा अस्पतालहरुमा  प्रेस्किब्सन अडिट सम्पन्न भएको छ। अस्पतालहरुमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान,रामघाट, पोखरा, मणिपाल शिक्षण अस्पताल, फेवासिटि हस्पिटल प्रा.लि, जिपि कोइराला राष्ट्रिय श्वास प्रस्वास केन्द्र, तनहुँ , संक्रामक  तथा सरुवा रोग अस्पताल, मोहरिया टोल, कास्की तथा फिस्टेल हस्पिटल एण्ड  रिसर्च सेन्टर, पोखरा, चरक मेमोरिएल अस्पताल, मेडि प्लस तथा टर्मा सेन्टर तथा गण्डकी मेडिकल कलेज मा  प्रेस्किब्सन अडिट सम्पन्न भयो ।

यस्तो खालको अडिट पहिलो पटक भएको र हामीले यसबाट दुईवटा कुरा पत्ता लगाउन खोजेका छौँ । एउटा, कोभिडको उपचारमा औषधिको समुचित प्रयोग भयो कि भएन ? उपचार कार्यविधि अनुसार औषधिको प्रयोग वा प्रेस्किब्सन भएको हो कि होइन ? अर्को एन्टीवायोटिकजन्य औषधिहरु प्रेस्किप्सन विना नै प्रयोग भएको छ कि ? अव्यक्ति आफैले वा फार्मेसी आफैले विना प्रेस्किब्सन प्रयोग गरेका हुन् कि ? यो पनि हेर्न खोजेको  उनले जानकारी दिए ।अहिले नेपालका निजि अस्पतालहरुले कोरोना का बिरामी राखि बिरामिको आवश्यकता भन्दा बढि औषधि दिएर व्यापारिक मुनाफा लिइरहेका छन भने अर्को तिर कोरोना बिरामीले आवश्यकता भन्दा बढि औषधि सेवन गर्दा बिरामीको स्वास्थ्य झन् बिग्रेको जनगुनासो आइहेको परिपेक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फार्मेसी परिषदलाई दिएको जिम्मेवारी अनुसार हामीले पोखराका ८ तथा तनहुको १ अस्पताल गरि जम्मा ९ कोरोना बिरामी राखिएका अस्पतालमा अनुगमन गरेको पनि उनले बताए ।

उनले अडिट पुरा भएपछि प्रतिवेदन स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई समेत बुझाउने बताए । अडिटका लागि गठित कार्यदलमा पाण्डेको संयोजकत्वमा क्षितिज गड्तौला, महासागर ज्ञवाली, निराजन कंडेल, अमृत थापा, निरज बर्तौला, कादिर आलम,अमितकुमार गुप्ता, रोशन सर्दार, विनिता केसी र सुशील कोइराला सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्