नेपाल पर्यटक यातायात ब्यबसायी संघ (एनटिभिए), गण्डकी प्रदेशको आयोजनामा आज बिहान बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ६ बैदाम, नहरमार्ग नजिकै पहिरोग्रस्त क्षेत्र तथा खाली पाखामा निम, धुपी, लप्सी , हररो, बर्रो, अमला, सुपर नेपियर जातको बिरुवाहरु गरि सातसय पचास बिरुवा रोपिएको छ ।
छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभासद माननीय राजिव पहारीले आफ्नो मन्तव्य राख्दै बाढी पहिरो भूक्षय रोक्न र प्राकृतिक सुन्दरता कायम राख्न बृक्षरोपणनै अचुक उपाय रहेको बताउनुभयो । फेवातालको संरक्षण तथा सौन्दर्यिकरण, सडक निर्माण तथा स्तरोन्नति लगायतका बिकाश निर्माणका काममा आफुले पहलगरेको र आफू जनप्रतिनिधि भएकोले जनताको सेवामा लागिपर्ने बताउनुभयो ।
नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशका अध्यक्ष बोबर जंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष श्री बाबुराम पाण्डे ज्यु ले स्वागत मन्तब्य राख्नु भएको थियो र संस्थापक अध्यक्ष मदन शर्मा खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने महासचिव सुरेश दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
बर्षाको बाबजुद पनि संस्थाका सदस्यहरु, पोखरा पर्यटन परिषद आबद्ध संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरुको सक्रिय उपस्थित रहेको थियो ।