पोखरा १६ दिपमा अबस्थित दिप युनाइटेड क्लबको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष मनकाजी गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा “सद्भाव र सहकार्यका लागि एकता” भन्ने नाराका साथ नेपाली नारीहरूको महान् पर्व हरीतालिका तीजको पावन अबसरमा कामना सेवा बिकास बैक लि. को आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको रक्तदान कार्यक्रमका संयोजक खेमराज आचार्यले प्रमुख खवर डट.कम लाई जानकारी दिए ।

क्लबले बिगतका बर्षहरूमा जस्तै विभिन्न सामाजिक कार्यहरू गर्दै आई राखेको र यति बेला पोखरामा रगतको अभाव भईराखेको हुदा रक्तदान कार्यक्रम गर्नु पर्छ भन्ने अभिप्रायको साथ कार्यक्रम गरेको क्लबका सचिव राम प्रसाद सुबेदीले जानकारी गराए ।

सोही कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्यले अहिलेको परिस्थितिमा क्लबले रक्तदान जीवनदान जीबनदान महादान भन्ने नारालाई प्रेरीत गर्दै यस कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिदै अन्य संस्थालाई पनि सामाजिक कार्यमा अघि बढ्न आव्हान गरे । कार्यक्रम मा १०२ युनिट रगत संकलन गरिएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव राम प्रसाद सुबेदीले गरेका थिए ।














