पोखरा महानगरको सभापतिमा ज्योति हमालको उम्मेदवारी
  • प्रमुख खबर

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको कांग्रेस अधिवेशन आगामी २७ गते हुँदैछ । वडा अधिवेशनको समाप्तिसँगै महानगरको नेतृत्व हाँक्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रमले व्यापकता पाइरहेको छ । क्षेत्रफलका हिसाबले देशकै ठूलो र केन्द्रीय नेताहरुको समेत चासो रहने भएकाले पोखराको कांग्रेस महाधिवेशन र उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।

सोही आसन्न १४ औं महाधिवेशन पोखरा महानगरको सभापतिमा नेपाली कांग्रेसका नेता ज्योती हमालले उम्मेदवारी घोषणा गर्नुभएको छ । अत्याधुनिक वैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं भन्ने नाराका साथ नेपाली कांग्रेसका युवा नेता हमाले सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
त्यस्तै “जहाँ अत्याचार हुन्छ ! त्यहाँ विद्रोह हुन्छ” भन्दै गण्डकी प्रदेशको मन्त्रीपरिषद्मा महिलालाई सहभागी नगराएकोले पनि उहाँले आफु राजनीतिमा अझ सक्रिय भएर लागेको बताउनुभएको छ । उहाँले राजनीतिमा महिलालाई स्थापित गर्न आफु तयार भएको बताउँदै सांसद भईसकेका महिला नेताहरुको अधिकार कटौति भएको यो अवस्थामा साधारण महिलाहरुको राजनीतिक अवस्था के होला भन्दै प्रश्न चिन्ह पनि खडा गर्नुभएको छ ।

हमालले नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने भन्दै पार्टीभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले जनताको पार्टी नेपाली कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाउँदै लगेको पनि जानकारी दिनुभएको छ । जबजब कांग्रेस कमजोर हुन्छ तब देश पनि समस्यामा पर्ने हुदाँ यो समस्याबाट राष्ट्रलाई मुक्त गर्ने चिन्तनमा आफु रहेको र त्यसलाई चिर्न तत्पर भएको समेत उहाँले बताउनुभएको छ । हमालले आफु सबैको साझा उम्मेदवार भएको उल्लेख पनि गर्नु भएको छ ।

समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उद्देश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । नेपाली कांग्रेस बनाउने आफ्ना एजेन्डाका लागि मतदान गर्न हमालले पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएकी हमाले विद्यालयले जीवनदेखि नै राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ ।

पत्रकारिता जगतमा करिब १५ वर्ष काम गर्नु भएको हमाल नेपाल प्रेस युनियन काठमाण्डौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियन कास्कीको सहसचिव र क्रियाशिल महिला पत्रकार कास्कीको उपाध्यक्ष, नेपाल सास्कृतिक  संघको सस्थापक केन्द्रिय सदस्य, नेपाल लोकतान्त्रिक ललितकला संघको केन्दिय सदस्य , नेपाली काङ्ग्रेस कास्की काठ्माण्डौ सम्पर्क समितिको सदस्य, नगेन न्युज पब्लिकेशन प्रा.लि.को अध्यक्षका साथै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्