युवा संगठन कास्कीद्वारा आर्थिक अनियमितता र बेरुजु बिरुद्द कोण सभा सम्पन्न
  • प्रमुख खबर

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन कास्कीद्वारा सरकार महालेखा परीक्षकको कार्यलयले पेस गरेको ५८ औं  ०७६/०७७ को आर्थिक प्रतिबेदनमा अत्याधिक अनियमितता र बेरुजु रकम प्रस्तुत गरेको भन्दै बिरोध प्रदर्शन सहित कोण सभा सम्पन्न गरेको छ ।पोखराको तालचोकमा मङ्गलवार भएको कार्यक्रममा  यो वर्ष ५ हजार ४६२ निकायको लेखा परिक्षणमा ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखा परीक्षण गरिएको मध्य १ खर्ब, ४ अर्ब ३९ करोड बेरुजु निस्केको थियो । यसरी कुनै स्रोत बिनै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको  पराकाष्ठा रहेको भन्दै युवा संगठन कास्कीले देशब्यापी कार्यक्रम अन्तर्गत कास्कीमा पनि बिरोध प्रदर्शन गरेको जनाएको छ ।

यस्तै कार्यक्रममा मन्तब्य राख्दै युवा संगठन कास्कीका संयोजक प्रमोदले कास्कीका बिभिन्न सरकारी निकायमा पनि उस्तै बेरुजु निस्कीएको बताउँदै, राज्यले जनताको करको उचित परिचालन नगरी भ्रष्टाचार र अनियमितता मै केन्द्रित रहेका कारण बेरुजु निस्किएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमोदले कास्कीमा महालेखा प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा ६२ करोड ४६ लाख ६३ हजार वेरुजु देखिएको र उत्त रकम मध्य १७ करोड १२ लाख असुल उपर गर्नुपर्ने रहेको देखिन्छ भने प्रमाण पेश गर्नुपर्नेमा १४ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा ५९ लाख १३ हजार वेरुजु देखिएकोमध्य असुल गर्नुपर्ने ६४ हजार , माछापुच्छ्रे गाउँपालिकामा १ करोड ८१ लाख ५४ हजार, मादीमा ७३ लाख ३२ हजार र रुपा गाउँपालिकामा २ करोड ५५ लाख ८९ हजार बेरुजु रहेको तथ्यांकले बताएको उल्लेख गर्नुभएको थियो ।

प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । भने कार्यक्रम सञ्चालन युवा संगठन कास्कीका सदस्य निशानले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्