विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीद्धारा एमसीसी सम्झौता खारेजीको माग राख्दै पोखरामा विरोध प्रदर्शन
  • प्रमुख खबर

राष्ट्रको हितको लागि एमसीसी सम्झौता ठिक नभएकोले सम्झौता खारेजीको माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेका छन् । पोखराको पृथ्वीचोकाबाट शुरु भएको विरोध ्याली जिरो किलोमिटरमा आएर कोणसभामा परिणत भएको थियो ।


सो विरोध प्रदर्शन कार्यक्रममा प्रदर्शनकारीहरुले राष्ट्रघाती सम्झौता खारेज गर, दलालहरु होसीया, नो एमसीसी, राष्ट्रिय स्वाधिनताको रक्षा गर्रौ लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सो कोणसभालाई सम्बोधन गदै विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ्गले एमसीसी सम्झौताभित्र राष्ट्रघाती बुदाँहरु धेरै समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने बताएका छन् । उनले यो सम्झौता देशका लागि अति घातक भएको भन्दै यदि जबरजस्ती यो सम्झौता पारित गर्ने कोसिस गरेको खण्डमा त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन् । आफ्ना स्वार्थपुर्तिका लागि र केही विदेशीहरुलाई खुसी बनाउन नेताहरुले ५५ अर्बमा देश बेच्न लागिएको र राष्ट्रलाई रणभूमिको मैदान बनाउने कसरत अहिलेको वर्तमान सरकारले गरेको हुदाँ यो कुनै पनि हालमा स्वीकार्य नहुने पनि बताएका छन् । उनले बरु आफुहरुले देशको लागि ज्यान पनि दिन तयार भएको तर विदेशीको गिद्धे नजर हाम्रो यो सुन्दर राष्ट्रमा पर्न नदिने पनि स्पष्ट पारेका छन् ।


त्यस्तै कार्यक्रममा सोही पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीले एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्ध विरोधी भएकाले यसको खारेजी तत्काल हुनुपर्ने बताए । उनले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेको तर अहिले उनको सरकार सत्ता बाहिर भइसकेको र अहिलेको वर्तमान देउवा सरकारले पनि सो सम्झौता पारित गर्न जोडबलका साथ लागि परेको हुदाँ यो कुनैपनि हालतमा स्वीकार्य नहुने जानकारी दिएका छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम भन्दा देशमा रेमिट्यान्सबाट प्राप्त हुने रकम तुलात्मक हिसाबले पनि निकै बढी भएको हुनाले सो सम्झौता पारित गर्न खोजे मुलुकमा अशान्ति मच्चिने र त्यसको जिम्मेवार सरकार स्वय हुने चेतावनी समेत दिएका छन् । सेक्रेटरी पराजुलीले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरु स्वीकार गर्न नसकिने पनि जनाएका छन् ।


एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन दबाब दिने उद्देश्य सहित उक्त परियोजनाका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बुरक्स नेपालको ४ दिने भ्रमणका लागि काठ्माण्डौं आइपुगेका छन् । काठ्माण्डौं आइपुग्ना साथ उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसंग भेटवार्ता समेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्