दशै तिहार नजिकिँदै गर्दा नयन शर्मा र बलराम अधिकारीको शब्दमा रहेको लाहुरे गीत बजारमा
  • प्रमुख खबर

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दुहरुको महान चाड वियजा दशमी एवम् शुभ-दिपावली नजिकिदै गर्दा थुप्रै नयाँ चाडपर्व विशेष गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ । नेपाली कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम नयाँ नयाँ गितहरु सार्बजनिक गर्दै आयका छन् ।

त्यस्तै  लोकप्रिय गायक एवम् सर्जक रामजी पौडेल, चर्चित गायिका सरस्वति लामिछाने, गायक वलराम अधिकारी, कुमार गौतम, सजना बास्तोला, अर्चना चापागाई एवम् नविन दाहालको सुमधुर आवाजमा सजिएको उक्त दोहोरी गितमा सर्जक नयन शर्मा र बलराम अधिकारीको निकै उत्कृष्ट शब्द सृर्जना एवम् नयन शर्माको संगित रचना रहेको छ  । गितमा लाहुरे आएसंगै गाऊघरमा दशैमा आऊने हर्ष उंमगलाई प्रस्तुत गरिएको छ |

होम गुरुङको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय  कलाकार रामजी खाण संगै अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ । टिकटकमा भाईरल कविता क्षेत्री, कृप्रा पौडेल, प्रतिमा कंडेलको फिचर एवम् अभिनय रहेको छ । पोखरामा रहेका ऎतिहासिक पर्यटकिय स्थलमा अत्यन्तै रोचक ढंगले सुट गरिएको गितको म्युजिक भिडियोलाई गणेश सापकोटा र सविन गुरुङले छांयाकन एवम् सुवास अम्गाईको सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्