रेष्टुरेण्ट एन्ड वार एसोसियसन (रेवान) पोखराले प्रत्येक वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ सडक महोत्सव आयोजना गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै रेवानले महोत्सव आयोजनाको वारेमा जानकारी दिएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको उपलक्ष्यमा यहि असोज ११ गते सोमवार एकदिने विश्व पर्यटन दिवस सडक महोत्सव गर्न लागेको हो । कोभिडका कारण विगत १८ महिना वाट व्यवसायहरु शुन्य अवस्थामा रहेका कारण अहिलेको अवस्थामा स्वास्थ्य प्रति सजग भई व्यवसायीक क्रियाकलापहरु अगाडि वढाउन महोत्सवले राम्रै भूमिका खेल्न सक्नेछ ।
यस महोत्सव लेकसाइडको वाराही चोकदेखि खहरे चोक सम्म साझको ५ वजे वाट रातिको १० वजे सम्म चल्नेछ । महोत्सव क्षेत्रमा “ नो भेइकल जोन ” को अवधारणलाई अंगिकार गरि सवारी साधनलाई रोक लगाइनेछ भने आपतकालिन अवस्थामा प्रयोग हुने दमकल, एम्वुलेन्स, प्रहरीका सवारी साधनहरुलाई सहज रुपमा आवातजावत गर्ने व्यवस्था मिलाइएको छ । वाराही चोकको स्टेजमा कार्यक्रमको उद्घाटन साझ ५ वजे गण्डकी प्रदेशका मुख्य मन्त्रि माननिय कृष्ण चन्द्र नेपाली पोखरेल ज्यूको आतिथ्यमा गरिनेछ ।
महोत्सवमा पोखराका चर्चित सांगितिक समुह लक्ष्य व्यान्ड र हिमाली सांस्कृतिक समुहको साथै नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित थारु स्टिक डान्स, गन्दर्भ समुदायको सारंगी वाजन जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । त्यसैगरि रेवान सदस्यहरुले सञ्चालन गरेका रेष्टुरेन्टका स्वदेशि तथा अन्तराष्ट्रिय स्तरका स्वादिष्ट खानाका परिकार प्रस्तुत गरिनुका साथै साहसिक खेलकुद तथा पर्यटकिय पदयात्रा सम्वन्धि आकर्षक वृतचित्र प्रदर्शन पनि गरिनेछ ।
पोखरा खुल्लै छ र यहांका व्यवसायीहरु पाहुनाहरुलाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश दिन र विश्व पर्यटन दिवस पोखरामा मनाउन विभिन्न देशका राजदुतहरु र कुटनितिक नियोगका उच्च पदस्त कर्मचारीहरु पनि पोखरामा आउने कार्यक्रम तय भएको छ ।