पोखरा महानगरपालिका उप–प्रमुख गुरुङ्गद्धारा पोखरा–१८ को नयाँ वडा भवन शिलान्यास
  • प्रमुख खबर

पोखरा महानगरपालिका वडा नं. १८ को नयाँ भवन निर्माण हुने भएको छ । पोखरा महानगरका उप–प्रमुख मञ्जु देवी गुरुङ्गले नयाँ बन्ने वडा कार्यालय भवनको आज शिलान्यास गरेकी छन् ।

सो कार्यक्रममा बोल्दै उप–प्रमुख गुरुङ्गले वडा कार्यालय भनेको जन्मदेखि मृत्युसम्म नागरिकहरु आउनुपर्ने कार्यालय भएकोले सेवा लिने र दिने दुवैलाई सहज हुनुपर्ने बताएकी छन् । उनले सेवा प्रवाहलाई सहज र सरल बनाउन वडा कार्यालयहरु व्यवस्थित हुनुपर्नेमा पनि जोड दिएकी छन् । यही कुरालाई ध्यानमा राख्दै महानगरका सबै वडा कार्यालयहरुलाई व्यवस्थित बनाउन भवन निर्माण गर्ने कामलाई तिव्रता दिइएको बताएकी छन् ।

उनले केही वडामा भवन निर्माणको कार्य सकिएको र केही निर्माणको क्रममा रहेको जानकारी दिएकी छन् । वडा कार्यालय बन्न बाँकी रहेका वडामा जग्गा प्राप्ति लगायतका केही समस्या रहेका कारणले गर्दा पनि ढिलाई भइरहेको बताएकी छन् । उप–प्रमुख गुरुङ्गले पोखरा महानगरलाई स्मार्ट सिटि बनाउने योजना अनुसार नै यसको सुरुवात वडा कार्यालयहरुबाटै नै गर्नुपर्छ भन्ने उद्देश्यले समेत प्रतेक वडा कार्यालयहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड समेत दिएकी छन् । कार्यक्रममा उनले जनप्रतिनिधिहरुको कार्यकालको अवधि धेरै समयको नभएतापनि पदमा जति समय रहेपनि इमान्दारीताका साथ जिम्मेवार भएर कार्य सम्पादन गर्नुपर्नेमा जोड समेत दिएकी छन् ।

यस्तै सोही कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशाकीय अधिकृत महेश बरालले स्थानीय सरका जनताको नजिकको सरकार भएको र त्यसको सेवा प्रवाहको बिन्दु वडा कार्यालय रहेको जनाएका छन् । उनले वडा कार्यालय सबैको साझा भएकाले यसको निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै भवन निर्माणको जिम्मा पाएको कम्पनीलाई निर्धारित समयभित्र नै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।

त्यस्तै उनले अहिले राजश्व संकलन, घरनक्सा पास, योजना फरफारक लगायतका कार्यहरु वडा कार्यालयबाट नै हुने भएकाले कार्यालयहरु व्यवस्थितको साथै सेवाग्राही मैत्री बनानउ आवश्य रहेको जानकारी दिएका छन् । उनले नयाँ संविधानमा स्थानीय तहलाई थप अधिकार प्राप्त भएको र सोही अनुसार वडामा पनि अधिकार थपिएको बताएका छन् । २ करोड ६४ ला ५६ हजार ५ सय १४ रुपैयाँको लागतमा निर्माण हुने भवनको ठेक्का भने सिम्रन सिद्धार्थ सरस्वती जेभिले पाएको छ भने सो भवन निर्माणको समय अवधि एक वर्षको रहेको छ । त्यस्तै भवन १६ वटा कोठासहित साँढे दुई तलाको हुने र पूर्ण रुपमा अपांगमैत्री हुने महानगरका वरिष्ठ इन्जिनियर पूर्ण बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

वडा अध्यक्ष रण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महानगरका प्रवक्ता एंव वडा नं। ५ का अध्यक्ष धन बहादुर नेपाली, वडा नं। १ का अध्यक्ष शारदा पराजुली, १८ का वडा सदस्य भोजकुमारी थापा, नेपाली काँग्रेस वडा सभापति शिव प्रसाद तिमिल्सिना लगायतले आफ्नो भनाईहरु राखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्