जागरण माछापुच्छ्र्र्रे विकास संस्था पोखरा–१८, लामागाउँले विजया दशमी तथा शुभदिपावली २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । “आफ्नो टोल आफै सफा गरौं, सभ्य समाज निमार्ण गरौं”भन्ने नाराका साथ आज सो सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा–१८ का वडा अध्यक्ष रण बहादुर थापाको प्रमुुख आतित्यथामा भएको उक्त सरसफाई कार्यक्रम थुम्कीदेखि सुरु भई माछापुच्छ्रे टोल, विन्धेश्वरी टोल हुदै थामाखोर डाडाँमा आई समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले एउटा जिम्मेवार नागरिकको दायित्व भनेको हामी सबैले आफु बस्ने वरिपरि र आफ्नो टोललाई हरपल सफा राख्नुपर्ने बताउनुभएको थियो । आफ्नो वरिपरि र टोल जति स्वच्छ एवं सफा रहन्छ त्यति नै हामीहरु पनि स्वस्थ्य रहने पनि उहाँले जनाउनुभएको थियो । उहाँले यस्ता सरसफाई कार्यक्रमलाई आज मात्र नभइ आगामी दिनहरुमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
विशेषगरेर दशै जस्तो महान चाडमा लामो समय बिदा हुने हुदाँ सो बिदाको समयलाई उपयोग गरी यसरी नै सरसफाई जस्ता अन्य टोल विकासका कार्यमा सबै टोलबासी एकजुट भएर लागियो भने यस्ता चाडको महत्व झन बढ्ने र यसले आफ्नो टोल समाज पनि सफा, स्वच्छ, सुन्दर र विकास हुने पनि बताउनुभएको थियो । त्यस्तै उहाँले हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको अवसरमा सम्पूर्ण वडाबासीहरुमा सु–स्वास्थ्य, दिर्घायु एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै उक्त सरसफाई तथा शुभकामना कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित सोही वडाका वडा सदस्य हरि लम्साल, अतिथि नेपाल तामाङ्ग घेदुङ लामागाउँ ईकाई समितिका अध्यक्ष हर्क बहादुर तामाङ्ग, संस्थाका सल्लाहाकार तिलक प्रसाद कोईराला लगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष सुक घलेको अध्यक्षतामा भएको सो कार्यक्रमा स्वागत मन्तव्य सोही संस्थाका उपाध्यक्ष हुमनाथ पराजुलीले राख्नुभएको छ भने कार्यक्रम संचालन सदस्य धुर्व अधिकारीले गर्नुभएको थियो ।