पोखरा १६ स्थित दिप युनाइटेड क्लबले शुभ बिजया दशमी कपको दोस्रो संस्करण सम्पन्न गरेको छ । क्लबका अध्यक्ष मनकाजी गुरुङको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा माहानगरपालिका १६ का वडा अध्यक्ष जीवन प्रसाद आचार्यले क्लबले खेलकुदको क्षेत्रमा गरेको कामको खुलेर प्रंशम्सा गरेका थिए । त्यस्तै क्लबका प्रमुख सल्लाहकार राजेश गुरूङले क्लबले खेलकुदको क्षेत्रमा अझ थुप्रै काम गर्न बाकी रहेको र त्यसको लागि सबैको आवस्यक पर्ने बताए । क्लबका उपाध्यक्ष खेमराज आचार्यले स्वागत मन्तब्य राखेका थिए । भने क्लबका सदस्य प्रदिप गुरुङ “माईला”संयोजक रहेको कार्यक्रमको सह संयोजक रोशन गुरुङ रहेका थिए ।
१७ टिम बिच भएको भएको प्रतिस्पर्धामा ४-२ गोल अन्तरले JYC “A” लाई हराउदै दिप युनाइटेड मन्डेलाले जित हासिल गरेको थियो । जित सगै दिप युनाइटेड मन्डेलाले रू ३0000 ।- ट्रफी,मेडल र प्रमाणपत्र हात पार्यो भने JYC “A”ले आफुलाई दोस्रो स्थानमा राख्न सफल भय सगै रू १५००० ।- ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विशाल गुरूङ एल जी एसोसिएसन हङकङ र राकेश गुरूङ हङकङ प्रमुख सहयोगी रहेको कार्यक्रमको मुख्य सहयोगी संस्था पोखरा महानगरपालिका १६ को कार्यलय रहेको थियो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्व- बिनोद घलेको दाजु बिजय घले र दितिय पुरस्कार प्रयोजन बिक्रम के . सी ले गरेका हुन् ।
म्यान अफद म्याच संजय पुन, सर्बाधिक गोल कर्ता मिलन थापा मगर, बेस्ट डिफेन्डर चन्द्र पुन, उत्कृष्ट खेलाडी रोसन छन्त्याल, र उत्कृष्ट गोलकिपर राजकुमार थापालाई जनही ५000 ।- ट्रफी,मेडल र प्रमाणपत्र स्व- सन्तोष गुरूङको आमा याम कुमारी गुरूङ, स्व- जीबन गुरूङको आमा लक्ष्मीदेबी गुरूङ, स्व- मनोज गुरूङको आमा भाई शोभा गुरूङ र स्व- सुन्दर गौचनका छोरा निशान गौचनले प्रदान गरेका थिए । संयोजक प्रदिप गुरुङले देश बिदेशमा रहेका साथीहरूको सहयोगले मात्र कार्यक्रम सम्पन्न गर्न सम्भब भएको र यस कार्यक्रमबाट बचत भएको रकम क्लबले समाज सेवामा खर्च गरीने बताउदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरे ।
क्लबले अब बनाउन लागेको बास्केट बल कोटको लागि गोर्खा फिटनेस सेन्टरका प्रबन्ध निर्देशक डि. बि. लामाले खुलेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । भने कार्यक्रम संचालन क्लबका सचिव राम प्रसाद सुबेदीले गरेका थिए ।