दशैका लागी पोखरा भित्रीएका च्याङ्गरा पोहोर भन्दा अहिले महङ्गो पर्ने भएको छ । कोरोनाका कारण चिनबाट च्याङ्गरा नभित्रीए पछी अहिले बजार भाउले उकाले लागेको बाग्लुङका सुमन तामाङ बताऊ छन् ।
पोखरा लगाएत अन्य जिल्लामा पनि दशैको बेलामा भेडा च्याङ्गराको मासु बढी मात्रामा किनमेल हुँदै आएको छ । दशैको बेलामा पोखराका अधिकांश मानिसहरूले भेडा च्याङ्गरा नै किन्ने गर्छन् ।
च्याङ्गरा ल्याउन निकै गार्हो छ गाडीमा ल्याउदा मर्ने सम्भावना बढी हुने र हिडेर ल्याउदा ८,१० दिन लाग्ने तामाङ बताउछन् । बाटोमा ल्याउदा घाम पानी नभनी ल्याउनु पर्छ । कति त हराउँछ पनि अहिले हामीले खरीद गर्दानै पोहोर भन्दा महङ्गो पर्यो । अहिले रोजुवा च्याङ्गराको मूल्य ४५००० – ५०००० पर्ने भएको छ ।