नेकपा एमालेले गोर्खाको धार्चे गाँउपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबार भएको पालिकाको प्रथम अधिवेशनले सुुक बहादुर घलेलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै सो अधिवेशनबाट उपाध्यक्षमा धन कुमार घले, सचिव राम गुरुङ्ग, उपसचिव रमेश गुरुङ्ग र बिर बहादुर गुरुङ्गलाई चयन गरेको छ । जिल्ला सचिवा कृष्ण नेपालीको प्रमुख आतित्यथा र धार्चे गाँउपालिकाका पार्टी अध्यक्ष शेरबहादुर गुरुङ्गको विशेष आतित्यथामा सो गाँउपालिकाको प्रथम अधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको हो । अधिवेशनले ७५ सदस्यीय कमिटि सर्वसम्मत रुपमा चयन समेत गरेको छ ।