लिःल फङ घले समाज अन्तराष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न
  • प्रमुख खबर

लिःल फङ घले समाज अन्तराष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले जापानमा रहेर इन्डियन रेष्टुरेण्ट संचालन गर्दै आएका पूर्ण बहादुर डाँगे घलेलाई सर्वसम्मत रुपमा दुई वर्षे कार्यकालका लागि पुर्न अध्यक्षको पदमा चयन गरेको छ ।

उक्त अधिवेशनबाट घलेको संयोजकतामा २६ सदस्यीय समिति समेत गठन भएको छ । त्यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा तिर्थ घले, उपाध्यक्षमा नर बहादुर घले र राम बहादुर घले, सचिवमा आयुष घले, प्रवक्तामा राम चन्द्र घले र महिला संयोजकमा देवी घले चयन गरेको छ । १३ वटा राष्ट्रका घलेहरुको सहभागितामा भर्चुअल मिटिङको माध्यबाट सो अधिवेशन सम्पन्न भएको हो ।
लिःल फङ घले समाज अन्तराष्ट्रिय समन्वय समितिका संरक्षक धन घलेको प्रमुख आतित्यथामा सो अधिवेशन कार्यक्रम सफलताका सम्पन्न भएको हो ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि घलेले नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका घले जातिको समस्या समाधानको निम्ति सामाजिक र आर्थिक रुपमा आफुले सक्दो सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोगहरु गर्ने बताएका छन् ।
त्यस्तै उनले दोस्रो अधिवेशनबाट पुर्न पूर्ण बहादुर डाँगे घलेको संयोजकतोमा बनेको २६ सदस्यीय समितिले दत्तचित्त भएर घले जातिको विकासका निम्ति एकजुट भई विभिन्न विकासका कार्यहरु सम्पादन गर्नेमा आफु विश्वश्त रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्