दीप यूनाइटेड क्लब पोखरा-१६ कास्कीले विजया दशमीको अवसरमा आयोजित विजया दशमी कप, फुटसल प्रतियोगिता र तिहारको अबसरमा खेलिएको देउसी भैलो कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ ।
क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले आयव्यय सार्वजनिक गरेका हुन् । आचार्यले कार्यक्रमका संयोजक प्रदीप गुरूङ माइलाले सबैलाई समेटेर आफ्नो जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बिशेष क्षमताको खुलेर प्रशंसा गरेका थिए । साथै सहयोगी सम्पुर्णमा आभार व्यक्त गर्दै संकलित रकम क्लबको खातामा जम्मा गरीने र रकमको सही सदुपयोग हुने साथै सामाजिक कार्यमा खर्च गरिनेमा विश्वस्त रहन सम्पुर्णमा आग्रह गरेका थिए ।
दुबै कार्यक्रमको संयोजक प्रदीप गुरूङ माइलाले आँफूलाई क्लबले दिएका ज़िम्मेदारी पुरा गरेको र आऊँदा दिनहरूमा पनि क्लबको पक्षमा सदा लागी रहने बताऊँदै आँफूलाई सहयोग गर्नु हुने आदर्णीय आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत साथीहरू प्रति आभार प्रकट गरेका थिए । साथै कार्यक्रममा विभिन्न युथ क्लबहरूको सहयोग र सहभागीतामा महत्त्वपूर्ण भुमिका रहेको र सोही कार्यक्रममा समाजका टोल बासीहरूले पनि खुलेर साथ र सहयोग गरेको क्लबका निवर्तमान सचिव राम सुबेदीले प्रमुख खवर डट कम लाई जानकारी गराए । कार्यक्रंममा निवर्तमान अध्यक्ष मनकाजी गुरूङ सहितका पदाधिकारी, प्रमुख सलाहकार एवंम् वडा नं १६ का वडा सदस्य राजेश गुरूङ,भवन निर्माण समितिका संयोजक बिष्णु कुमार गुरूङ लगायत क्लबका सदस्यहरूको सहभागीता रहेको थियो ।
क्लबका कोषाअध्यक्ष उषा गुरूङले देउसी भैलो कार्यक्रमबाट रू ९२५०००।- सहयोग रकम संकलन गर्न सफल भएको जानकारी गराईन् । कार्यक्रम क्लबका सचिव भिम प्रसाद आचार्यले संचालन गरेका थिए।