महालक्ष्मी लाइफ इन्स्योरेन्सको “युवासङ्ग महालक्ष्मी लाइफ” बीमा सचेतना प्रशिक्षण सम्पन्न
  • प्रमुख खबर

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युबासङ्ग महालक्ष्मी लाइफ” कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा नं ३३ कालिकास्थानको सरस्वती टीका मा‍बि मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

सो अभियानको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जिबनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रसम्सनिय भएको बताए । उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कर्ममा लाग्न युबाहरुलाइ आग्रह गरे । सो अबसरमा इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले युबासङ्ग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण् प्रदान गरेका थिए ।

१०० भन्दा बढी युबा बिद्यार्थि सहभागी कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभाबक संघका अध्यक्ष गणेशप्रसाद ढकाल, इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजीप्रसाद लम्साल, युबा सङ्ग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बीमा र महत्वबारेमा प्रकाश पारेका थिए । युबासङ्ग महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्