प्रेस सेण्टर नेपाल पोखरा महानगर कमिटि को प्रथम बैठक द्धारा घोषणा पत्र जारी
  • प्रमुख खबर

प्रेस सेण्टर नेपाल पोखरा महानगर कमिटि को प्रथम बैठक द्धारा घोषया पत्र जारी गरी सम्पन्न भएको छ ।
आज प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटिका अध्यक्ष शिवराज वस्ताकोटी (शिव दाई) को आध्यक्षतामा बसेको प्रथमा बैठकले विविन्न प्रस्ताव माथि निर्णय का साथ ११ वटा विविन्न महानगर घोषणा पत्र जारी गरेको छ । जसमा प्रज्येक मिडिया हाउसमा पुगेर श्रमजिजि पत्रकार सदस्यहरुको र मिडिया हाउसको गतिविधि र अवस्थाबारे जानकारी लिने, संस्थागत वा सदस्यतागत रुपले  जिम्मेवार बनाउदै अधिकार र दायित्व बोध गराउन सस्थागत आत्मियता बढाउन र कमिटिलाई बलियो बनाउदै अगाडि बढाउनका लागि कार्यरत प्रत्येक सदस्यले मासिक बचत बापत रु १०० तिर्ने व्यवस्था मिलाउने,

जनपत्रकारिता पुरस्कार घोषणा का लागि अक्षयकोष स्थापनाका लागि पहल गर्ने, कुनै पनि सदस्यको आकस्मिक दुखद घटना परेमा वा बिमारी भएमा रु २ हजार सहयोग गर्ने, कुनैपनि सदस्यको एकाघर परिवारमा आकस्मिक दुखद  घटना वा निधन  भएमा रु ५ हजार संस्थागत भेटघाट साथै सहयोग गर्ने, कुनै पनि सदस्यको एका घरपरिवारमा खुसिको जस्तै नया सदस्यले जन्म लिएमा वा बैवाहिक सम्बन्धमा बाधिने कार्य हुन गएमा पुरुष पत्रकारको हकमा  सहभागिता जनाउने,महिला पत्रकारको हकमा न्युनतम रु ५ हजार सहयोग गर्ने वा सम्मान प्रदान गर्ने, एक मिडिया हाउस एक प्रेस सेण्टर महानगर सदस्य अनिवार्य बनाउन पहल गर्ने,अनिवार्यरुपमा एक वडा एक पत्रकार अभियानको थालनि गर्ने,

महानगरका ३३ सै वडामा प्रेस सेण्टर सदस्य बनाउने जसले वडामा समन्वय गर्ने छन् , कुनै पनि सञ्चार गृह छापा विध्युत तथा अनलाईन कार्यरत संचार क्षेत्रमा लागेका संचारकर्मिहरु लाई यदि काम बाट निकालेमा वा निकाल्नु परेमा दिदै आएको तलब कमसेकम ३ महिनाको तलब अग्रिम दिएर निकाल्नु पर्ने, त्रैमासिक रुपमा न्युनतम ४० पेजको ५०० प्रति बुलेटिन प्रकाशन गर्ने जसमा पुस्तक प्रकाशन का लागि समाचार संकलन लेखन ,सेटिङ तथा त्रैमासिक बुलेटिनमा कार्यरत सम्पादक ,सह सम्पादक, रिपोर्टर विज्ञापन तथा बजार व्यवस्थापन गर्ने त्रैमासिक प्रकासन बापत जम्मा आम्दानि बाट सोहि आम्दानीको एकमुष्ट रकम बाट ५९% प्रेस सेण्टर महानगर कमिटि पोखरा को खातामा जम्मा गर्नु पर्ने बाँकि प्रकाशन खर्च  भुक्तानी गरि हैसियत क्षमता तह र जिम्मेवारी अनुसार तलब भत्ता तय वा निश्चिता व्यवस्थापन गर्ने  घोषण जारि गरेको छ ।

कार्यक्रम्मा प्रमुख अतिथि नेकपा मओवादी केन्द्र पोखरा महानगर कमिटि अध्यक्ष विश्व प्रकाश लामिछानेले रहेका थिए । यस्तै प्रेस सेण्टर केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सेना तथा प्रेस सेण्टर कास्की अध्यक्ष कृष्ण दवाडीले पनि आफना भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्