श्री गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखराको सातौ वार्षिक साधारणसभा सम्पन्न
  • प्रमुख खबर

श्री गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्री धर्मराज सिग्देलको अध्यक्षतामा संस्थाकै भवन लक्ष्मीधारामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार बिष्णु प्रसाद पराजुलीलीले स्वागत मन्तब्य प्रस्तुत गर्नुभएको थियो । मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी जलश्रोत तथा सिचाइ डिभिजन कार्यलय, कास्कीका सिनियर इन्जिनियर किरण आचार्यले कार्यक्रम मा बोल्दै आश्रमलाइ सकेको सहयोग गर्ने वचन दिनुभयो । सो अवसरमा जेष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठले संस्थालाई थप रू ५०००० सहयोग गर्ने वचन दिनुभयो ।

सो कार्यक्रममा समाजसेवी मिना भट्टराई , ब्राह्मण समाज कास्कीका अध्यक्ष रामप्रसाद वास्ताकोटी, बिन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष सुर्यप्रसाद सुवेदी, चिसाखोला वेद विध्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभयको थियो । त्यस्तै संस्थाका अध्यक्ष धर्मराज सिग्देल, सचिब रामजी प्रसाद पराजुली र कोषाध्यक्ष सोमकान्त पौडेलले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम को सञ्चालान सचिब रामजी प्रसाद पराजुलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्